मानिसको ज्यानै लिन सक्ने औलो रोगमुक्त जिल्ला हुन भक्तपुर सफल भएको छ। जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर जिल्ला औलोमुक्त जिल्ला हुन सफल भएको जनाएको हो।...
भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल खेल बुटवल उपमहानगरपालिका रूपन्देही र मेलौली नगरपालिका बिच हुनेछ। बुटवल उपमहानगरपालिका र पोखरा महानगरपालिकाविचको शुक्रबारको सेमिफाइनल खेलमा बुटवलले पोखरालाई ४३–२५ अंकले पराजित गरेको थियो । सो खेलमा बुटवलका सृजना थारु म्यान अफ द म्याच घोषित भइन् । त्यस्तै तीव्र […]
मानिसको ज्यानै लिन सक्ने औलो रोगमुक्त जिल्ला हुन भक्तपुर सफल भएको छ। जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर जिल्ला औलोमुक्त जिल्ला हुन सफल भएको जनाएको हो।...
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोडघटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले) ले भक्तपुर २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ । उक्त क्षेत्रमा विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई एमालेका नेता महेश बस्नेतले झण्डै दोब्बर मतले पराजित गरेका थिए । यो क्षेत्र पार्टी अध्यक्ष […]
भादगाउँ, १४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रुपमा लिएको छ । एमालेको आन्तरिक मूल्याङ्कनमा आँकलन गरिएको उक्त क्षेत्रमा विसं २०७४ को निर्वाचनमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई झण्डै दोब्बर मतले पराजित […]
भक्तपुर नगरपालिकाले आयोजना गरेको गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरिएका नाचका विभिन्न विधामध्ये ख्याल प्याखं (प्रहसन) तर्फ ख्वप मावि देकोचा भक्तपुर प्रथम भएको छ । २९ साउनदेखि २ भदौसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा ख्वप प्रथम भएको नतिजा नगरपालिकाले सार्वजनिक गरेको हो ।प्रतियोगिताअन्तर्गत उत्कृष्ट महिला कलाकारतर्फ पनि ख्वप कलेजकै पलिस्था रञ्जितकार प्रथम भएकी छन् । भविष्य नाटकबाट पलिस्था आधुनिकतर्फ उत्कृष्ट महिला कलाकार घोषित भएकी हुन् । सोही नाटकका निर्देशकद्वय श्यामसुन्दर शिल्पकार र राजे
मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।
भक्तपुर । आगामी मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।
फागुन २५, भक्तपुर । चाँगुनारायण नगरपालिकालाई स्मार्ट पालिका घोषणा गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाएसँगै मंगलवार स्मार्ट पालिका घोषणा गरिएको हो ।
नगरप्रमुख सोमप्रसाद मिश्रले नागरिकले लिने सबै सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै सहज पहुँच पुर्याउने आफूले लिएको उद्देश्य पूरा भएको भन्दै नगरपालिकालाई स्मार्ट नगरपालिकाको अवधारणाअनुसार काम अघि बढाएको बताए ।
नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले धेरै कुरा सिकायो, सेवाग्राहीको वडा कार्यालयमा लाग्ने गरेको भीड घटाउन र सहजरूपमा आवश्यक सेवा पुर्याउन लिइएको अपेक्षा पूरा गरेको छ, अब नगरपालिकालाई स्मार्ट पालिका बनाइएको छ, यसले सुशासनयुक्त नगरपालिका बनाउने अवधारणा पूरा भएको छ ।’
स्मार्ट पालिकाका संस्थापक मनोज भट्टराईले चाँगुनारायणलाई स्मार्ट पालिका बनाउन आवश्यक प्राविधिक जिम्मेवारी पूरा गर्न सफल भएको भन्दै संघीय संरचनामा देश गइरहेको अवस्थामा देशलाई नै प्रविधिमैत्री बनाउनका आवश्यक सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताए ।
त्यस अवसरमा नक्सा शाखाका अरूण भण्डारीले नगरपालिकामा विगत दुई वर्षदेखि काम गरिरहेको जनाउँदै नगरपालिकाका सबै सडक, टोल, चोकको नामाकरण गरिएको र डिजिटल नम्बरिङसमेत गरिएको बताए ।
कार्यक्रममा अभिनेत्री एवं स्मार्ट पालिकाकी ब्राण्ड एम्बेसडर सुरक्षा पन्तले स्मार्ट पालिका झन्झटिलो नभएको र नागरिकमैत्री भएको बताए । रासस
कोरोना महामारीबीच प्रदेश अस्पतालमा उत्कृष्ट घोषित भक्तपुर अस्पतालले शय्या विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र ७५ शय्याको अस्पताललाई २ सय शय्यामा विस्तार गरिने भएको हो । बिरामीको चाप बढेकाले क्षमता विस्तारको तयारी थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन् ।
भक्तपुर । करातेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार भक्तपुरमा आयोजना गरेको एनएनआईपीए अवार्डमा मन्देकाजी पुरुष र गाैरिका महिलातर्फ उत्कृष्ट बनेका हुन् । दुवैले अवार्डसंगै नगद १-१ लाख प्राप्त गरे । यसैगरी प्रतिभावान खेलाडीको अवार्ड फुटबलका सुजल श्रेष्ठ र […]