ओखलढुंगाका किसानलाई धान रोप्ने चटारो

ओखलढुंगा । यस वर्ष मनसुन चाँडै सुरु भएपछि ओखलढुंगाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । पर्याप्त वर्षा भएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । जिल्लामा १४ प्रतिशतभन्दा बढी धान रोपाईँ सकिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । अघिल्ला वर्षहरुमा खडेरीका कारण यतिबेला जिल्लामा १० प्रतिशत पनि रोपाईँ हुने गरेको थिएन । […]

सम्बन्धित सामग्री

किसानलाई चैते धान रोप्ने चटारो

पूर्वी नवलपरासीमा यतिबेला किसानलाई चैते (हिउँदे) धान रोप्ने चटारो छ । भूमिगत सिँचाइ र सिमसार क्षेत्रका वरपरका किसानलाई अहिले धान रोप्न भ्याई-नभ्याई छ । जिल्लाको कावासोती, गौडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी,  बुलिङटार र बौद्धिकाली गाउँपालिकाकमा चैते धान हुँदै आएको छ ।

खोकनाका किसानलाई धान रोप्ने चटारो (फोटोफिचर)

देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै धान रोप्ने चटारो सुरु भएको छ। यतिबेला ललितपुरको खोकनाका किसानहरु धान रोप्न व्यस्त छन्।...

खोकनाका किसानलाई धान रोप्ने चटारो (फोटोफिचर)

देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै धान रोप्ने चटारो सुरु भएको छ। यतिबेला ललितपुरको खोकनाका किसानहरु धान रोप्न व्यस्त छन्।...

दाङका किसानलाई चैते धान रोप्ने चटारो (तस्वीरहरु)

६ वैशाख, दाङ । चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ । यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल घर्ती मगरलाई भने खेतमै भ्याइ नभ्याई छ । उनी र उनको परिवार अहिले चैते धान रोप्न जुटेका […]

नवलपुरमा चैते धान रोप्ने चटारो

पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा सिमसार आसपास पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दु, लगायतका स्थानमा चैते धान रोप्न किसान व्यस्त छन् ।

खेतमा हाल्ने मल छैन, भक्तपुरका किसानलाई धान रोप्ने चटारो

यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । “पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले भनिन् ।विगतका वर्षमा असारको पह

भक्तपुरका किसानलाई धान रोप्ने चटारो

भक्तपुर– यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । “पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल […]

दाङमा चैते धान रोप्ने चटारो

दाङ – दाङका केही भेगमा चैते धान रोपाइँको चटारो छ। बंगलाचुली गाउँपालिका–३ र ४ का किसान चैते धान रोप्न व्यस्त भएका हुन्। खोला छेउका खेतमा चैते धान रोप्दै आएका कृषकले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन्। धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन्। खेतालाका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै […]

म्याग्दीका लेकाली क्षेत्रमा धान रोप्ने चटारो

म्याग्दी । तीव्ररूपमा फैलिएको कोरोना सङ्क्रमण र यसलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरंजा, गौश्वारा, सिम लगाएतका सिंचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो साताको सुरुवातदेखि नै रोपाइँ शुरु भएको हो ।   म्याग्दीको शहरी क्षेत्र भन्दा बढी ग्रामिण क्षेत्रहरु अहिले कोरोना सङ्क्रमणको चपेटामा  परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषकले नाक,मुखमा मास्क र खल्तीमा सेनिटाइजर सहित धान रोप्न व्यस्त भएका हुन् । निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्र  समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार महिनामा जस्तै किसान व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ । जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाई गरिरहेका छन् । कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए । हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ ।  जिल्लाभर यो बर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ ।  यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा (लकडाउन) मा आफ्नो खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् । कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ । कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्बाएको छ ।

अर्घाखाँचीमा धान रोप्ने चटारो

अर्घाखाँचीका विभिन्न ठाउँमा धान रोप्ने चटारो सुरु भएको छ । जेठको अन्त्यदेखि नै धान रोप्न शुरु गरेका किसान अहिले भने निकै व्यस्त भएका हुन् ।