टेक्सासको एक हाईस्कुलबाहिरबाट हतियारसहित विद्यार्थी पक्राउ

एजेन्सी, १२ जेठ । मंगलबार एक विद्यालयमा विद्यार्थीले गोली चलाउँदा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्टै टेक्सासकै एक विद्यालय बाहिरबाट विद्यार्थी हतियारसहित पक्राउ परेका छन् । रिचर्डसन हाईस्कुलतर्फ जाँदै गरेको एक विद्यार्थी राइफल सहित पक्राउ परेको एजेन्सीले जनाएको छ । हतियारसहित विद्यार्थी पक्राउ परेपछि आसपासका विद्यालयहरुको सुरक्षामा कडाई गरिएको छ ।

सम्बन्धित सामग्री

विद्यार्थीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।  नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले शुक्रवार एक विज्ञप्ति जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । ‘अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो,&rs...