नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) केन्द्रले गठबन्धन गर्ने सहमति जनाए पनि नवलपरासीका सत्ता रहेका दलहरूका बीच अझैसम्म स्पष्ट खाका आएको छैन । गठबन्धनभित्रका दलहरू आआफ्नै तालमा रहेका छन् । उनीहरूले गठबन्धन गर्ने कि एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भन्ने निर्णय अझैसम्म लिन सकेका छैनन् ।गठबन्धन जिल्ला स्तरको बैठकले पालिका स्तरबाट आआफ्नो रिपोर्ट तयार पार्ने अनि २४ गतेसम्म बुझाउन निर्देशन दिए पनि अझैसम्म कुनै सुरसार नभएको नेपाली काँग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले रातोपाटीलाई बताए । उनले भने, &lsq