राष्ट्रिय सहकारी बैङ्कले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६/७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार मात्र कमाएको बैङ्कले गत वर्ष अधिकतम ४७.४१ प्रतिशतले बढी नाफा कमाएको हो ।बैङ्कका अनुसार गत आ.व को असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारले यस्तो नाफा बढाउन बैङ्क सफल भएको हो । अघिल्लो आ.व को असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैङ्कले गत आ.व को सोही अवधिमा १