१० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तोस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले प