वाह ! यस्तो पो लोकतन्त्र

जनतालाई महामारीबाट जोगाउन दुई वर्षमै तीन तीन स्वास्थ्यमन्त्री । अरू मन्त्री त कतिकति । अझ प्रदेशका मन्त्री त कस्ले गन्ने ? देशैभरि मन्त्री नै मन्त्री । कोही भूतपूर्व, कोही वर्तमान । प्रधानमन्त्रीलाई नै कति मन्त्री छन्, थाहा छैन । अब केही वर्षमा एकपटक मन्त्री नभएको नेपाली पाउन हम्मे पर्ला । त्यसपछि अन्यत्रबाट मन्त्री बन्न मानिसहरू नेपाल आउन लालायित हुनेछन् । अनि त गिट्टी, ढुंगा मात्र किन ? भिसा, नागरिकता आदि बेचेरै देश धनी बन्नेछ । वास्तवमा लोकतन्त्र भनेकै दलहरू र नेताहरू मिलेर आफूहरू पनि खाने, आफ्नाहरूलाई पनि खुवाउने तन्त्र न हो । तर एक थाल मार्सीको मूल्य थाहा नपाउनेहरूलाई खाने र खुवाउने कुरा के थाहा ? लोकतन्त्रमा चाहिने के छैन यहाँ ? सबै कुरा छन् । विश्वकै उत्कृष्ट संविधान छ । कानूनहरू छन् । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका छन् । संवैधानिक निकायहरू छन् । जनताका खातिर अहोरात्र १८ घण्टा खटिने प्रधानमन्त्री छन् । दलहरू छँदै छन् । चुनाव पनि भइरहन्छ । अस्ति भर्खर माथिल्लो सदनका लागि दुईटा चुनाव भए । कांग्रेस नामधारी पार्टीकोे पनि चुनाव हुनेवाला छ । यी दुवै चुनाव कहिले होलान् त भनेर चिन्ता नगर्नोस् । कुनै न कुनै दिन त यी चुनाव होलान् नै । देशमा अभिव्यक्ति स्वतन्त्रता पनि पूरै छ । संसद्भित्रै नाथुराम गोड्से बन्छु भन्न नि पाइन्छ । उपप्रधानमन्त्रीले बहुराष्ट्रिय देश बनाउँछु भन्न पाइन्छ । प्रधानमन्त्रीले मेरो ज्यानमाथि खतरा भयो भन्न पनि पाइन्छ । प्रधानमन्त्री भइसकेका मान्छेहरूले एकस्वरले देशमाथि विदेशी हस्तक्षेप भयो भन्न पाइन्छ । देशको कार्यकारी भइसकेको व्यक्तिले सत्ता बाहिर आएपछि फलानाले यति भ्रष्टाचार ग¥यो भनेर ठोकुवै गर्न पाइन्छ । आफ्नो भनाइलाई पुष्टि गर्ने तथ्य देखाउनै नपर्ने । मेरो भनाइ त्यस्तो होइन भनेपछि चोखो बन्ने स्वतन्त्रता पनि पाइन्छ । देशमा बौद्धिक समुदाय पनि छ । नागरिक समाज पनि छ क्यारे । संघ र राज्यका बजेटहरू संविधानले तोकेकै दिनमा बन्छन् र सार्वजनिक पनि हुन्छन् । तिनमा के लेखिन्छ, जनताले चिन्ता लिनै पर्दैन । किनकि त्यो काम गर्न बनाइएकै होइन । जनता त भ्यूटावर, स्वागत गेट, ठूल्ठूला मूर्ति, मन्दिर, डोजर हेरेर यसै दंग छन् । यसरी नेपाल लोकतन्त्रमा आफूलाई अब्बल सावित गर्दै छ । त्यसैले लोकतन्त्रमा अग्रणी देशहरू हंगेरी, टर्की, रूस, चीन, उत्तर कोरिया, कम्बोडिया, मलेसिया, फिलिपिन्स, भेनेजुएला, इरान आदिकोे सिको गर्दै छ । विधि, पद्धति, संविधानमा भएका त्रुटिहरूलाई अध्यादेशबाटै सच्याउँदैै नेपाललाई पनि तिनै देशहरूका लाममा उभ्याउने प्रयासमा सबै लागेका छन् । यसमा केवल प्रधानमन्त्री होइन, सरकारका सहयोगीहरू मात्र होइन, प्रतिपक्षीहरू समेत यस्तो गज्जबको लोकतन्त्रमा आफूलाई अभ्यस्त बनाउन यथोचित र यथासम्भव योगदान दिइरहेकै छन् । यस्तो कार्यगत एकता छ र पो विश्वकै नमूना लोकतन्त्र छ मुलुकमा । सत्तापक्ष र प्रतिपक्ष दुवै यसरी एउटै लक्ष्यप्रति कटिबद्ध भएर लागेको अन्त कतै देख्नुभएको छ ? अनि अरू देशमा जस्तो सत्ता र प्रतिपक्षको माराकाट पनि छैन यहाँ । बडो सुमधुर सम्बन्ध छ । संवैधानिक अंगमा नियुक्ति मिलेरै गरिन्छ । हेर्नुस् त, प्रमुख प्रतिपक्षी कांग्रेस प्रदेश वा केन्द्र कतै पनि सत्तामा हुन पाएन भन्ने सत्ताधारी दलको कत्रो चिन्ता ? कांग्रेस जोगाउनुपर्छ भनेरै गण्डकीमा सत्तापक्षले हुँदाखाँदाका मन्त्रीलाई मन्त्रीपद त्यागेरै कांग्रेसलाई सरकार बनाउने मौका दिन लगायो । कर्णालीमा एमालेका सांसद बागी नै भएर कांग्रेसकालाई मन्त्री बनाइछाडे । सत्तापक्षले योभन्दा त्याग र बलिदान गरेको देख्न पाइन्छ त दुनियाँमा अन्त कतै ? वर्तमान सत्ताधारी पार्टी जति लोकतन्त्रवादी छन् अरू कोही ? होइन, शासनमा लोकतन्त्र विरोधीहरू पोे देखिन्छ त भन्नुहोला । त्यसो होइन । अहिले जो सत्तामा छन्, ती सबै सारमा पक्का लोकतन्त्रवादीहरू हुन् । रूपमा मात्र लोकतन्त्र विरोधी देखिएका हुन सक्छन् । हो, यदाकदा लोकतन्त्रको नाम लिएर लोकतन्त्रविरोधीहरू पनि देशको सर्वोच्च स्थानमा पुग्न त सक्छन् । राष्ट्रवादको माला जप्दै जोकरहरू पनि आउन सक्छन् र केही समय बलशाली देखिन सक्छन् । तर जनताले जसलाई रोजेका हुन्छन्, तिनै त माथि पुग्छन नि । त्यसैले त यसलाई लोकतन्त्र भनेकोे । कोही लोकतन्त्र सिध्याउने मतियार पनि बन्लान् । कोही छद्मवेशी होलान् । यस्ताले आफूलाई निर्विकल्प बताउलान् । तर नमूना लोकतन्त्रमा यस्तो त भइहाल्छ नि । लोकतन्त्रमा त सबै कुरा संविधानमै लेखेर राखिदिएकै हुन्छ । संविधानमा नलेखिएको वा नबुझिएको कुरा अदालतले बुझाइदिहाल्छ । अनि त लोकतन्त्र आफै हुर्किंदै गइहाल्छ । बिरुवा हो र यसलाई स्याहारसुसार गर्नुपर्ने ? झारपात हो र यसलाई गोडमेल आदि गर्नुपर्ने ? वास्तवमा लोकतन्त्र भनेकै दलहरू र नेताहरू मिलेर आफूहरू पनि खाने, आफ्नाहरूलाई पनि खुवाउने तन्त्र न हो । तर एक थाल मार्सीको मूल्य थाहा नपाउनेहरूलाई खाने र खुवाउने कुरा के थाहा ? देशमा लोकतन्त्रको यति राम्रो अभ्यास रहेसम्म अरू कुराको टेन्सन लिने कामै छैन । अब जतिसुकै छद्मवेशी शासकहरू, दलहरू, नेताहरू आए पनि लोकतन्त्रलाई बन्दी बनाउन कसका बाउको के तागत ? संविधानका बाबु भन्नेले त केही गर्न सकेनन् । त्यसैले लोकतन्त्र नाम राखेर यसको माला जपिरहे पुगिहाल्छ नि ! त्यही भएर त प्रतिपक्षीहरू न केही बोल्छन् न केही गर्छन् । किनकि केही गरिरहनुपर्ने आवश्यकता नै छैन । त्यसैले अधिकांश बौद्धिक, प्राज्ञ र पत्रकारहरू समेत आनन्दसँग बसिरहेकै छन् । एकप्रकारले रामराज्य पो छ त हो । ठोरीमा राम जन्मेपछि उनको जन्मस्थान रामराज्य त त्यसै हुने नै भयो । अनि कसले, किन र केका लागि बोल्ने ? कस्को, कस्ले र किन विरोध गर्दै हिँड्ने ? शासकहरू र बौद्धिक वर्गको यति सुमुधुर सम्बन्ध भएपछि अझ शासकहरू नै आफ्ना भएपछि कसैले केही गर्ने आवश्यकता नै रहेन नि त ! वाह ! यस्तो पो लोकतन्त्र । छ त अन्त दुनियाँमा कतै यस्तो महान् लोकतन्त्र ?

सम्बन्धित सामग्री

मण्डला र लोकतन्त्र

लोकतन्त्र अङ्कुरियो र झाङ्गियो तर, अन्तस्करणको बोध हुने हो कहिले? स्पन्दनको आभासले मूर्तरुप लिने हो कहिले?   लोकतन्त्र भन्दछ, जनताको प्रश्न उत्तरित हुनुपर्दछ।   विडम्बना! आज स्वयं लोकतन्त्रले गरेका प्रश्नहरू नै अनुत्तरित छन्।   लोकतन्त्र भन्दछ, तिमीले इच्छाएका कुराहरू निष्फिक्री भई बोल। चाहे आक्रोश पोख, मनोभाव पोख या विचार!   लोकतन्त्र भन्दछ, चाहे झुपडीबाट बोल […]

समावेशी लोकतन्त्र र विकास

नेपालको संविधानको मुटु भनेकै समावेशी लोकतन्त्र र समावेशी विकास हो । समावेशी लोकतन्त्र एक राजनीतिक सिद्धान्त हो, जसले लोकतन्त्रको महत्वलाई निर्णय गर्ने माध्यमका रूपमा मात्र नभई राज्यलाई नै व्यवस्थित गर्ने माध्यमका...

लोकतन्त्र

उनले बहुमतको कदरले मात्र प्रजातन्त्र नबाँच्ने कुरा गरिन्। साँचो लोकतन्त्र घरदैलोमा पुर्‍याउन अल्पमतको कदर गर्नुपर्ने अडान राखिन्। मतले हैन, बुद्धिले शासन चल्नुपर्ने कुरा गरिन्।...

आज लोकतन्त्र दिवस

काठमाडौँ । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन […]

‘दलहरूभित्र आन्तरिक लोकतन्त्र बढाउनुपर्छ’

हामीले असाध्यै दुःख गरेर लोकतन्त्र स्थापना गर्‍यौं । तर, लोकतन्त्र स्थापना गर्ने शक्तिहरू नै लोकतान्त्रिक पद्धति लागु गर्न चुकिरहेका छन् । दलहरूभित्र ठूल्ठूला विषयमा पनि कहिलेकाहीं व्यक्तिगत निर्णय हुने गरेका छन् । यस्तो अभ्यासले देशको लोकतान्त्रिक पद्धति संस्थागत गर्नमा सघाउ पुगिरहेको छैन । तथापि, निराश नै भइहाल्ने भन्दा दलहरूभित्र लोकतान्त्रिक अभ्यासलाई बढावा दिंदै जानुपर्छ । […]

लोकतन्त्र, बाटो बिराएछौ!

कानुनहरुलाई कोरोना लागेको छ, सर्वोच्चको आइसियूमा भर्ना भएका छन् कानुनका डाक्टरहरू त्रसित छन्, दबाबले ग्रसित छन्, विचार गर लोकतन्त्र, तिमी गल्तीले नेपाल आएछौ।

लोकतन्त्र दिवसको सान्दर्भिकता

लोकतन्त्रको ढकनीभित्र लुकेका यिनको विलासी जीवनशैलीले देश विदेशी ऋणले किचिएको छ, व्यापार घाटाले थिचिएको छ । वि.सं.को नयाँ वर्ष प्रवेशसँगै देशमा लोकतन्त्र दिवसको कुरा आउँछ र त वैशाख ११ गतेलाई लोकतन्त्र दिवस भनिन्छ । प्रजातन्त्र दिवसले ७० वर्ष पूरा गरे पनि देशमा लोकतन्त्र र गणतन्त्र शिशु नै छ । पाको भएको त लोभतन्त्र हो, गन्हाउने […]

अमेरिकालाई चीनको जवाफ, ‘लोकतन्त्र कोकाकोला हैन’

बीबीसी। चीनको विदेश मन्त्रालयले लोकतन्त्र कोकाकोला जस्तो नभएको बताएको छ। अमेरिकालाई इंगित गर्दै चीनले विश्वभर लोकतन्त्र एउटै हुन नपर्ने बताएको हो। चीनले भनेको छ, ‘लोकतन्त्र कोकाकोला हैन सबै ठाँउमा यसको स्वाद एउटै हुनलाई।’ चीनमा अमेरिकाको जस्तै लोकतन्त्र नखोज्न भनेको हो। त्यसैले चीनलाई आफ्नो विकल्प खोज्ने अधिकार रहेको समेत बताएको छ।

लोकतन्त्र र समाजवाद

लोकतन्त्र र समाजवाद घनिष्ट रूपले जोडिएका विषय हुन् । यहाँ भनिएको समाजवाद वैज्ञानिक समाजवाद हो । यसका प्रतिपादक कार्ल मार्क्स र फ्रेडरिख एंगेल्स क्रान्तिकारी लोकतन्त्रवादी थिए र उनीहरूले समाजवादमा पुँजीवादी लोकतन्त्रभन्दा अझै उन्नत स्तरको लोकतन्त्र हुनुपर्नेमा जोड दिएका थिए । त्यसका धेरै उदाहरणहरू उनीहरूका विभिन्न रचनामा पाइछन् ।मार्क्सको पहिलो राजनीतिक लेख प्रेस स्वतन्त्रता सम्बन्धी थियो । त्यस लेखमा उनले “प्रेस स्वतन्त्रताको अभावमा अरु सबै स्वतन्त्रता मृगमरिचिका जस्तै हुन्छन्