प्युठान – प्रतिनिधि शभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।
प्रतिस्पर्धी गठबन्धनबाट जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ । थापाले ५ हजार २७४ मत अन्तरले जित हासिल गर्नुभएको हो । तर पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गरेको छैन । एक मात्र प्रतिनिधि शभा सदस्य निर्वाचन क्षेत्र रहेको प्युठानमा ९ वटा पालिका तह रहेका छन् । १ लाख ५९ हजार ७६० मतदाता मध्ये ८८ हजार ९५८ मत खसेको थियो ।