काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । उनले गठबन्धनकी साँझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका हुन्। थापाले ४१ हजार ११८ मत ल्याएका छन्। भने जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन्।