काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दैछ। उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे हुँदैछ।लिग चरणका खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध एउटा जित र एउटा हारको नतिजा निकालेकाले आजको खेल पनि चुनौतीपूर्ण नै मानिएको छ। तर‚ समग्रका पछिल्ला चार खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध तीनवटा खेलमा जित निकालेको छ भने एउटामा हार व्यहोरेको छ।त्रिदेशीय सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने मलेसिया अन्तिम