नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज : बलियो भारतविरुद्ध नयाँ इतिहास कोर्ने लक्ष्यमा नेपाल

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ। यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल…

सम्बन्धित सामग्री

साफ च्याम्पियनशिपको फाइनल तय, उपाधिका लागि नेपाल र भारत भिड्ने, यस्तो छ समीकरण

साफ च्याम्पियनशिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। उपाधिका लागि दुवै देश यहि शनिबार नेपाली समय ८ बजेर ४५ मिनेटमा खेल्ने जनाइएको छ। नेपालले बंगलादेशसँग १-१ को बराबरी खेल्दै अंकको आधारमा फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने भारतले माल्दिभ्सलाई ३-१ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो। माल्दिभ्समा जारी साफ च्याम्पियनशिपको १३ औं संस्करणमा नेपाल र भारतबीच यस अगाडी पनि प्रतिस्पर्धा भईसकेको छ। उक्त खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको थियो। महादेशस्तरको प्रतियोगितामा २८ बर्षपछि नेपाल र भारतले उपाधिको लागि भिड्न लागेका हुन्। यस अगाडी सन् १९९३ मा बंगालदेशमा भएको प्रतियोगितामा नेपाल र भारत स्वर्ण पदकका लागि भिडेका थिए। त्यसबेला नेपालले भारतलाई ट्राइबेकारमा ४-३ ले पराजित गर्दै उपाधि जितेको थियो। खेल २-२ को बराबरीमा सकिएपछि ट्राइब्रेकर मार्फत बिजेता छनौट भएको थियो। त्यसयता नेपालले दक्षिण एसियाली क्षेत्रमा ठुलो उपाधि जितेको छैन। डेढ महिनाको अन्तरालमा नेपाल र भारतबीचको खेल हेर्दा भारतबिरुद्दको खेल नेपालका लागि सहज हुनेछैन। साफमा खेल्नु अगाडी नेपालले भारतसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको छ। जसमा पहिलो खेलमा १-१ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा नेपाल भारतसँग १-२  ले पराजित भएको थियो। त्यसपछि साफ अन्तर्गतकै यस अगाडीको खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो। लगातार तीन पटकको खेल पश्चात नेपाल र भारत उपाधिको लागि डेढ महिनाको अन्तरालमा चौथो पटक भिड्न लागेका हुन्। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ बजेर ४५ मिनेटमा हुनेछ। यस पटक नेपाल बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गरेर महादेशस्तरीय प्रतियोगीताको उपाधि जित्ने दाउमा रहेको छ। नेपाललाई अहिलेसम्मकै ऐतिहासिक सफलता दिलाएका नेपालका प्रशिक्षक अब्लुल्लाह अल्मुताइरीले पद त्यागसंगै नेपाल नफर्किने घोषणा गरेका छन्। त्यसैले पनि उनले आफ्नो शुखद विदाई चाहन्छन्।

नेपाल भर्सेस भारत : पहिलो हाफमा गोलरहित बराबरी

दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ।

नेपाल भर्सेस भारत : दोस्रो मैत्रीपूर्ण खेलमा यस्तो छ प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा खेल सुरु हुनेछ। बिहीबार भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेको थियो। आजको खेलमा दुवै टोली जितको लक्ष्य लिएर मैदानमा उत्रदैछन्।…

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतीय राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) साझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । खेल साँझ ५:३० बजे हुनेछ । अर्काे महिना माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । विहीबार पहिलो हाफमा अन्जन विष्टको गोलबाट लिएको […]

दशरथ रंगशालामा नेपाल भर्सेज भारत (तस्बिरहरु)

काठमाडौँ– भारतविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपालले १–१ को बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले अञ्जन बिष्टको गोलबाट खेलको ३६ औँ मिनेटमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन। खेलको ६० औँ मिनेटमा भारतका अनिरुद्र थापाले बराबरी गोल फर्काएका थिए। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ। कोरोना महामारीका बीच रंगशालामा दर्शकको समेत उपस्थित रहेको थियो। […]

नेपाल भर्सेस भारत : पहिलो हाफमा नेपाल १-० ले अगाडि

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा १-० को अग्रता बनाएको छ। खेलको ३६ औँ मिनेटमा भारतीय टोलीका डिफेन्डर र गोलकिपरबीच समन्वय बन्न नसकिरहेको अवस्थाको फाइदा उठाउँदै अन्जन बिस्टले…

नेपाल भर्सेस भारत : यस्तो छ आजको प्लेइङ सेट

काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेपछि खेल सुरु हुनेछ। यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल…

भारतसँग भिड्न नेपाल शारीरिक र मानसिक रूपमा तयार

काठमाडौं । नेपाल र भारत दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र भारतबीचको खेलले माहोल नै छुट्टै बनाउने गर्दछ । यही दुई टोली बिहीबार दशरथ रंगशालामा ६ वर्षपछि मैत्रीपूर्ण खेलमा उत्रँदै छन् । यी दुई टोली सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा […] The post भारतसँग भिड्न नेपाल शारीरिक र मानसिक रूपमा तयार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भोली नेपाल र भारत भिड्दै, दर्शकलाई पनि अनुमति दिइयो

काठमाडौँ, १६ भदौ । भोलि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्दैछन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा दर्शकहरु समेत उपस्थित हुन पाउने भएका हुन् । आज पत्रकार सम्मेलन गर्दै एन्फाले दर्शकको उपस्थितिमा भोलि खेल हुने जानकारी दिएको हो । खेलमा कोरोनाको कारण दर्शकलाई उपस्थित हुन दिने अथवा नदिने भन्ने विषयमा अन्योल रहेको थियो । […]

रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल गुमाउने

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुवै देशले टोलीको घोषणा गरिसकेका छन् ।