नेपाली चिज उद्योग संकटमा, समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं । चिज उद्योगी व्यवसायीले भारतीय चिजका कारण नेपाली चिज उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय सरकारले कच्चा दुधको मूल्य बढाउने निर्णय गरेसँगै चिजको मूल्य पनि बढेको थियो । नेपाली चिजको मूल्य बढेपछि सस्तोमा भारतीय चिज भित्रन थालेकाले पछिल्लो समय नेपाली चिज स्टक हुन थालेको छ । हिमालय चिज उत्पादक संघका अध्यक्ष रिन्जी फूर्वा शेर्पाले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेका छन्,`कच्चा दुधको मूल्य वृद्धि हुँदा चिजको मूल्य वृद्धि हुनु पनि स्वभाविक हो । तर, यसैबीचमा छिमेकी मुलुक भारतबाट विभिन्न ब्राण्डका चिज नेपाली बजारमा निर्वाध रूपमा भित्रिएर विक्रीवितरण भइरहेका छन् । भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।´ पछिल्लो समय कराडौं रुपैयाँ बराबरका उत्पादित चिज स्टक भएको जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, `उद्यमीहरूले थप चिज उत्पादन गर्न नसकेर उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानसम्म परेको छ ।´ संघले भारतीय उत्पादनभन्दा महँङ्गो हुन जाँदा स्वदेशी चिज उद्योग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गरेको छ । संघले भनेको छ, `आत्मनिर्भर तथा स्वदेशी उद्योगका रूपमा स्थापित भएका चिज उद्योग संरक्षण गर्न र यसलाई बचाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गर्दछौं ।´ नेपाली स्वदेशी चिज उद्योगलाई संरक्षण गर्नका लागि गैरकानुनी ढङ्गले आयात भइरहेको चिजलाई तत्काल नियन्त्रण गर्न, भन्सार कर बढाएर आयात निरुत्साहन गर्न तथा नेपाली चिज उद्योगीलाई अनुदानको व्यवस्था गर्न र दुधको लागत मूल्य घटाउनेतर्फ पहल गर्न संघले माग गरेको छ । नेपाली चिजको अन्तरराष्ट्रिय बजारमा समेत माग भइरहेको भन्दै सहजीकरण गरिदिन समेत संघले आग्रह गरेको छ । व्यावसायीले हिजो मात्रै कृषिमन्त्रीलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।

सम्बन्धित सामग्री

अनसनरत आरतीको परिवारको माग सम्बोधन गर्न आयोगको सरकारलाई आग्रह

काठमाडौं । माइतीघरमा अनसनरत धनुषाका आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर अनशनका कारण उनीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या समाधान गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा […]

कास्कीमा ३० हजार भूमिहीन छन्, तिनलाई तुरुन्तै व्यवस्था गरियोस् : सांसद गुरुङ

२९ माघ, काठमाडौं । नेकपा एमालेका सांसद मनबहादुर गुरुङले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारको ध्यानार्षण गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि यस्तो समस्या समाधान नहुनु स्वभनीय नरहेको बताए । कास्कीमा मात्रै ३० हजार मानिस यस्तो समस्यामा रहेको उल्लेख गर्दै उनले समाधानका लागि सरकारलाई आग्रह […]

मेलम्चीका बाढी पीडितहरुको समस्या समाधान गर्न पूर्वमन्त्री बस्नेतको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन्।...

भारतले चियामा लगाउन लागेको करको समस्या समाधान गर्न माग

इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत कर छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले भारतको राज्यसभा र लोकसभामा पेस भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरेका हुन् ।चियासँग सम्बन्धित अन्य समस्याहरूको दीर्घकालीन समाधान गर्न पनि उनीहरूले सरकारलाई आग्रह गरेका छन् । चिया व्यवसायीहरूले भ

सार्वजनिक यातायातको समस्या समाधान गर्न यातायात प्राधिकरण आवश्यक : अध्यक्ष स्वाँर

वैशाख १, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् । अध्यक्ष स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्न आवश्यक रहेको बताए ।  उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भेन्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको बताए ।  १० अर्ब रुपैयाँको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदूर मिलेर पूँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाइ छ । नेपालमा खरीद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वाँरले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने पनि बताए । उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरेर सडकमा गुड्न सक्छ वा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । उनले नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ, त्यसको लागि यातायात व्यवसायी तयार रहेको पनि बताए । अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएकोले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने पनि बताए । उनले सार्वजनिक यातायातमा शतप्रतिशत लगानी निजी क्षेत्रको भए पनि सबैभन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गरे । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने पनि बताए ।  अध्यक्ष स्वारले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दूर्घटना,यातायात सिन्डिकेटलगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागू गर्न सरकारलाई आग्रह गरे ।

लिम्पियाधुराको समस्या समाधान गर्न सरकारलाई कांग्रेस उपसभापति गुरुङको आग्रह

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले शुक्रवार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि हो भनेर जान्दाजान्दै लिपुलेकसम्म सडक बनाउँदैछौ भन्नु खेदजनक र भत्र्सनायोग्य अभिव्यक्ति भएको टिप्पणी गरे ।  केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले कालापानी, लिपुलेकसम्म सडक बनिरहेको बताएका छन् । गुरुङले अब समस्या समाधान गरी सधैंका लागि हा...

मिरगञ्ज पुलमा उत्पन्न समस्या समाधान गर्न आग्रह

मोरङ – भारतको विहारस्थित मिरगञ्ज पुलमा उत्पन्न समस्या समाधानका लागि उद्योगी व्यवसायीले आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका छन्। विराटनगरस्थित नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको संयुक्त टोलीले शुक्रबार जीर्ण मीरगञ्ज पुलको यथास्थितिबारे जानकारी लिएको छ। पुलको केही भाग धसेपछि स्थानीय प्रशासनले ठूला सवारीसाधन आवागमनमा बिहीबारबाट रोक लगाएको छ। परिसंघका […]

वीपी प्रतिष्ठानको बेथिति अन्त्य गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलित कर्मचारीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो । प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गरी समस्या समाधान संघले अनुरोध गरेको छ । विगत २४ दिनदेखि प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरिरहेकाले स्वास्थ्य तथा जनसंख्या म

उखु किसानका मौलिक हक कुण्ठित भए, माग पूरा गर : मानवअधिकार अयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले

नागरिकता समस्या समाधान गर्न सरकारलाई आग्रह

प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।