काँग्रेस सुदूरपश्चिमको पनि मतदान सकियो

 नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सम्पन्न भएको छ । मतदानमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली कांग्रेसका जिल्ला सदस्य केशव मिश्रले बताए । रातिदेखि नै कैलाली कांग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनको भनाइ छ । सुदूरपश्चिमको नेतृत्वमा देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ ।

सम्बन्धित सामग्री

मतदान सकियो, एक घण्टामा मतगणना सुरु हुने

सोमबार बिहान ११ बजेदेखि सुरु भएको मतदान राति साढे ११ बजे सकिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साढे ११ बजेसम्म ४६ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि एक घण्टामा मतगणना सुरु हुन्छ ।

बागमतीको मतदान सकियो, २०८३ मत खस्यो

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रदेश अधिवेशनमा कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतगणनाका लागि अहिले मुचुल्का तयार गरिनुका साथै आवश्यक प्रक्रिया पुरा गरेर राति करिब १२ बजेबाट मतगणना सुरु हुने बताइएको छ । प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला

कर्णालीमा काँग्रेसको मतदान सकियो, कसले मार्ला बाजी ?

नेपाली काँग्रेस कर्णालीको प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । शनिबार साँझ सम्पन्न मतदानअनुसार कुल ७७१ मतदातामध्ये ७५४ मत खसेको छ । नेतृत्व चयनका लागि दिउँसो २ बजेपछि मतदान भएको थियो । अब मतपेटिकाको मुचुल्का तयारदेखि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना हुने बताइएको छ । कर्णालीमा तीनवटा समूह सभापतिका लागि भिडेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट ललितजङ्ग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तरुण दलका महामन्त्री भूपेन्द्रजङ्ग शाही

काँग्रेस महाधिवेशन : लुम्बिनीमा मतदान सकियो, १६३१ मत खस्यो

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ करिव ६ सकिएको हो ।  मतदानमा  कुल १ हजार ६३१ मत खसेको छ । लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६४८ मतदाता रहेको  निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समूहबाट भरतकुमार शाह र देउवा इतर समूहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् ।  मतगणना कति  बेलादेखि गर्ने भन्ने बि

काँग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् । प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबा

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।