मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५१ ग्राम सहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने ३४ वर्षीय लाक्पा शेर्पालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बोर्डबाट बुधबार आईपीओ निष्कासनको अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले ७५ करोड रुपैयाँ बराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ […]
काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रहरी संगठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । जेनजी आन्दोलनपछि सिङ्गो प्रहरी सङ्गठनलाई सेवामा फर्काउन जनस्तरबाट भएका पहलकदमीको भावनालाई प्रतिविम्बित […]
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ (९एन–एकेएक्स) को इन्जिन इजरायलमा मर्मत सम्पन्न भई तयार भएको आठ महिना बितिसक्दा पनि फिर्ता ल्याउन नसक्दा राष्ट्रिय ध्वजावाहक गम्भीर आर्थिक र व्यवस्थापकीय सङ्कटमा फसेको छ । तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकालमा भएका अपारदर्शी निर्णय र रणनीतिक विचलनले अहिले निगमलाई २ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय दायित्वमा थिचेको मात्र छैन, […]
तराई-मधेसमा एक दशकअघि देखिने हाते रिक्सा बिरलै देखिन्छ। अर्थात् लोपोन्मुख छ। त्यसको ठाउँ ई-रिक्साले लिएको छ। विद्युतीय रिक्सालाई सिटी रिक्सा, ई-रिक्सा, सिटी सफारी, ब्याट्रीवाला रिक्सालगायत नामले चिनिन्छ। तराई-मधेसका गाउँदेखि सहरी जीवनलाई ई-रिक्साले सजिलो बनाइदिएको छ। स्थानीय हाटबजार, वडा तथा पालिकाको कार्यालयसम्म ओहोरदोहोर गर्न होस् वा आफन्तकहाँ जान आम नागरिकलाई ई-रिक्सा सजिलो साधन भएको छ। यो […]