नेकपा एमाले खोटाङको बन्दसत्र सुरु भएको छ । दिक्तेलको माटिकोरेस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी सातौं जिल्ला अधिवेशन अन्तरगत बन्दसत्र सुरु भएको हो । बन्दसत्र एमाले प्रमुख सचेतक एवं पोलिटव्यूरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए ।शुक्रबार बेलुका ७ बजेपछि सुरु भएको बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत भइरहेको छ । प्रस्तुत प्रतिवेदन छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको चरणमा बन्दसत्र पुग्ने छ । ‘सत्तालिप्साले जन्माएको गठबन्धनविरु