महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिनुभएको हो । “कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन”, …