ताराखोलाको नीति : बाँझो जमिनमा कृषि

बागलुङ । ताराखोला गाउँपालिकाले बाँझो जमिन सदुपयोग गर्ने नीतिमार्फत काम थालेको छ । गाउँपालिकाले कृषि उत्पादनमा जोड दिँदै ५०० रोपनी जग्गा लिएर आफ्नै उत्पादनको केन्द्र बनाउने योजना अगाडि सारेको हो ।    यसका लागि ६५ रोपनी जमिन १० वर्षका लागि भाडामा लिइसकेको छ । वडा नं ४ को नागबेली खोलामा उक्त जग्गा लिएको अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । जग्गा सदुपयोग गरेर आलुखेती गर्ने र किसानलाई नमूना फार्मका रूपमा देखाउने लक्ष्य रहेको उनले सुनाए । ‘हामीले आफ्नो उत्पादन केन्द्र देखाएर अन्य किसानलाई पनि प्रेरित गर्ने भनेका छौं,’ उनले भने, ‘त्यसका लागि जग्गाको खोजीमा लागेका छौं ।’ ताजा तरकारी उत्पादनमा पनि यो अभियान जोडिने बताइएको छ । गाउँपालिकाले समपूरक कोष र विशेष अनुदान समेत जुटाएर यो काम गर्ने लक्ष्य राखेको छ । यो अभियान पूरा गर्न कम्तीमा १० करोडसम्म लाग्ने अनुमान छ । पहिलो चरणमा भने सानो रकमबाटै काम थाल्ने उनले जानकारी दिए । पालिकाले पहिलो वर्ष लिएको घरघरै उद्यमी बनाउने योजनामा यो कार्यक्रम सहयोगी हुनेछ । ताराखोलामा विशेषगरी आलु, मूला, साग, च्याउजस्ता तरकारी खेती हुने गर्छ । साथै मौसमी तरकारीको उत्पादनलाई पनि बजारीकरण गर्ने योजनाअनुसार संकलन र विक्रीको प्रबन्धमा किसानलाई नै अगुवाइ गर्न लगाएको ताराखोला–४ का वडाध्यक्ष जितबहादुर खत्रीले बताए । अलैंची र किबी नगदेबाली पनि यहाँ व्यावसायिक रूपमा उत्पादन भइरहेका छन् । कम्तीमा १० टन अलैंची अहिले पनि उत्पादन भइरहेको स्थानीय इन्द्र रोकाले बताए । कतिपय स्थानमा सिँचाइका आयोजना सञ्चालन गरेमा बाँझो जमिन उपयोग हुने योजना छ ।  चालू वर्ष अर्गल सिँचाइ आयोजना शुरुआत छ । वडा नं १ देखि ५ सम्म सिँचाइका लागि पोखरी निर्माणमा पनि गाउँपालिकाले लगानी गरेको छ । उद्योगतर्फ घरेलु प्रकारका बढी छन्, जसमा ढुंगाखानी, ढाका बुनाइ, नेपाली हाते कागज जस्ता सामान यहाँ उत्पादन भरहेका छन् । भाँगो लगायत मगर ममुदायले लगाउने अन्य पोशाक पनि बनाएर कमाइको माध्यम बनाउनेछन् । उनीहरूलाई सूचीकृत गर्ने, बीउ पूँजी दिएर उत्पादनलाई व्यावसायिक बनाउन लगाउने योजना उनले सुनाए । ताराखोलामा हाल पाइने रातो च्याउलाई व्यवस्थित रूपमा उत्पादन गरेर बजारीकरणमा लगाउन ग्रामीण किसानलाई तालिम समेत दिने योजना छ । हाल भाँगोलाई चटनीका रूपमा प्रयोग गरे पनि सरकारी तहबाट भने गाँजाका रूपमा चित्रण हुँदा बेलाबेला नष्ट गर्नेक्रम चल्छ । संसद्मा गाँजाको व्यावसायिक खेतीलाई अनुमति दिनेगरी कानूनको मस्यौदा तयार भएकाले किसान उत्साही छन् । रासस

सम्बन्धित सामग्री

बाँझो जमिन प्रयोगमा ल्याउन ५० प्रतिशत अनुदान

बाँझो जमिन सदुपयोग गरी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले अनुदान कार्यक्रम सञ्चालन सुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रममार्फत् कृषकको मागअनुसार सबै किसिमका व्यवसाय गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि प्राविधिक अनुगमनको काम सकिएको मन्त्रालयका […]

बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार

काठमाडौँ । बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरूप प्रति रोपनी २ हजार दिने भएको हो । ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि […]

बाँझो जग्गामा खेती गर्नेलाई प्रति रोपनी २ हजार

बाग्लुङको ताराखोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिन खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिने भएको हो ।ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाझिँदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुटुनो थे्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।

कृषि क्षेत्रको विकासलाई प्राथमिकता, बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ । कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बढ्दो परनिर्भरता अन्त्य गर्न सरकारले पहिलो पटक उल्लेख्यरुपमा कृषि क्षेत्रमा बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय …

बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका हुन् । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले सबै स्थानीय तहमा स्नातक […]

बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

काठमाडौं: सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका छन्। बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ। कृषि क्षेत्रलाई प्राथमिकतामा…

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरको सहयोग

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरू गर्ने भएको छ ।बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यान्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृृषि उत्पादन वृद्धि गर्ने अभियान सुरू गर्न लागेको हो । यसका लागि ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न लागिएको […]

बाँझो जमिन सदुपयोग गर्नेलाई चेम्बरले सहयोग गर्ने

नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोग गरेर कृषि उत्पादन बढाउने अभियान सुरु गर्ने भएको छ । सरकारले बजेट भाषणमार्फत बाँझो जमिन उपयोग नीति अघि सारे पनि व्यावहारिक कार्यान्वयन हुन नसकेको...

कोरोना कहरमा बाँझो फोर्दै, ‘रुपैयाँ’ फलाउँदै

बुटवल, जेठ १३। कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् । बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली । वैदेशिक रोजगारीका लागि मलेसिया […]

सरकारले बाँझो जमिन उपयोगमा ल्याउने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ देखि बाँझो जमिन उपयोगमा ल्याउने भएको छ । बाँझो जमिन उपयोगका लागि कृषि मन्त्रालयले अध्ययन गराएको छ । मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रको संयोजकत्वमा गठन भएको कार्यदलले अध्ययन गरी कृषिमन्त्री डा वेदुराम भुसाललाई बुझाएको प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि बाँझो जमिन उपयोगमा ल्याउने भएको छ ।