अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको उत्तर कोरियाको दावी

उत्तर कोरियाले बिहीवारको परीक्षणमा आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम)को सफलतापूर्वक प्रक्षेपण गरेको दावी गरेको छ। ‘ह्वासोङ-१७’ नाम दिइएको यो मिसाइल पहिलो पटक २०२० मा एक परेडका क्रममा अनावरण गरिएको थियो। त्यतिबेला यसको विशाल आकारले अनुभवी विश्लेषकहरूलाई समेत आश्चर्यचकित पारेको थियो। बिहीवारको प्रक्षेपण २०१७ पछिको उत्तर कोरियाले गरेको पहिलो…

सम्बन्धित सामग्री

शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण सफल गर्‍यौँ – उत्तर कोरिया

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो। सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ–१७ सार्वजनिक गरेको थियो। उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको […]

उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो । यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई […]

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् । विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।

नयाँ मिसाइल वायुमण्डलमा फेरि प्रवेश गर्न सक्छ : उत्तर कोरिया

मंसिर १४ – उत्तर कोरियाले बुधबार सबेरै परीक्षण गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल पृथ्वीको वायुमण्डल भन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश...