काठमाडौं : राजनीतिक दल दर्ता गर्दा निर्वाचन आयोगले दलहरूलाई दिएको चुनाव चिह्नकै आधारमा आगामी स्थानीय निर्वाचन लड्न पाउनुपर्ने भन्दै सात राजनीतिक दलहरूले प्रदर्शन गरेका छन्।विवेकशील साझा, उन्नत लोकतन्त्र पार्टी, मौलिक जरो किलो पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस बिपी, नेपाल सुशासन पार्टी र नेपाल विवेकशील पार्टीले प्रदर्शन गरेका हुन्।उनीहरूले नेपाल भरी दल दर्ता गर्दाका समयकै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिन पाउनुपर्ने माग राखेका छन्।प्रदर्शन र्याली माइतीघर मण्डलाबाट बबरमहल बिजुली बजार हुँदै