बागलुङको गलकोटमा सञ्चालित बुकी कप भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मि क्लबले जितेको छ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आयोजिनत बुकी कप २०८० मा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको हो।
त्रिभुवन...
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ प्रयासमा …
साबिक विजेता होङग्वान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब महिला तर्फ र त्रिभुवन आर्मी क्लब पुरुष तर्फ सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा उपाधि नजिक पुगेका छन् । आज सम्पन्न सेमिफाइनलमा विभागीय टोली
दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो।...
धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । २५–२३ मा पहिलो र २५–२० दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाउनु परेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै
काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् ।
खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ ।
आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ । यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो।
प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन् ।
३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]