दाङमा मामाघर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका –१ गुरुङखोला निवासी सुन्तली खड्काकी करिव ७ बर्षीया छोरी समीक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।