ब्याजदरविरोधी आन्दोलन स्थगित

विराटनगर । बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध मोरङ व्यापार संघको अगुवाइमा जारी काठमाडौं केन्द्रित आन्दोलन स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आश्वासनपछि आन्दोलन स्थगित गरिएको हो । संघले शनिवार संघीय राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको थियो । त्यसअघि व्यवसायीले विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका थिए । मंगलवार प्रधानमन्त्री दाहाललाई भेटेर आफ्ना माग बुझाएको र उहाँले सबै समस्याको समाधान गर्ने आश्वासन दिनुभएको संघले बताएको छ । उद्योगी व्यवसायीले उठाएका माग र भोग्नुपरेका समस्यामा प्रधानमन्त्रीले नै बुँदागत सम्बोधन गरेपछि उद्योगी उत्साहित बनेका थिए । उनीहरूले प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित भएको घोषणा गरे ।   संघका अध्यक्ष तथा बैंक, वित्तीय समस्या संघर्ष समितिका संयोजक नवीन रिजालले अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानको पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलन स्थगित गरिएको बताए । आइतवार माइतीघर मण्डलामा प्रदर्शन र कोणसभा गरेका उद्योगी व्यवसायीले सोमवार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारअगाडि धर्ना दिएका थिए । व्यवसायीले बैंकको ब्याजदर एक अंकमा आउनुपर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने, आधारदरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने, चालू पूँजी कर्जा मार्गदर्शन खारेज गरी व्यावहारिक  बनाइनुपर्ने माग अघि सारेका छन् । त्यसैगरी उनीहरूले वित्तीय सेवा शुल्क कम गर्नुपर्ने, हालको असहज अवस्थाका कारण कर्जाको पुनर्संरचना र पुनर्तालीकीकरण गर्न पाउनुपर्ने, स्प्रेडदर बढीमा २ प्रतिशत र आधारदर गणना तरिका सार्वजनिक गरिनुपर्नेलगायत माग राखी आन्दोलन अघि बढाएका थिए । ‘वित्तीय क्षेत्रमा देखिएको समस्या र हाम्रा मागबारे प्रधानमन्त्री आफै जानकार हुनुहँुदो रहेछ । उहाँले ती विषयलाई गम्भीरतापूर्वक लिएर ब्याजदर घटाउन सरकारले पहल गर्ने आश्वासन दिनुभएपछि हामीले आन्दोलन स्थगित गरेका हौं,’ रिजालले भने, ‘केही समयपछि नै यसबारे सकारात्मक नतिजा आउनेछ ।’ संघले उठाएका मागलाई उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ जस्ता संघसंस्थाले समर्थन गरेका थिए । आन्दोलनरत पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघर्ष समितिका संयोजक रिजाल तथा दिलसुन्दर श्रेष्ठ, प्रकाश मुन्दडा र पिताम्बर जोशीको टोलीले प्रधानमन्त्री दाहालसँग छलफल गरेको थियो ।

सम्बन्धित सामग्री

ब्याजदर घटाउने प्रधानमन्त्रीको आश्वासनपछि व्यवसायीको आन्दोलन स्थगित

बैंक तथा वित्तीय सस्थाहरूको चर्को ब्याजदरविरुद्ध व्यवसायीहरूले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउने आश्वासन दिएपछि व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् । कर्जाको ब्याजदर १५–१६ प्रतिशतसम्म...

उद्योगी, व्यवसायीको आन्दोलन स्थगित

विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका उद्योगी, व्यवसायीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।...

अर्थमन्त्रीमा पौडेल आएपछि मोरङका उद्योगीको आन्दोलन स्थगित

१२ पुस, विराटनगर । बैंकले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा  बोलाएपछि आन्दोलन स्थगित गरेको  मोरङ व्यापार संघ का […]

मिटरब्याजी पीडितको आन्दोलन स्थगित

काठमाडौँ – मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन्। काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो। सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए। गृह मन्त्रालय र […]

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२९ भदौ, वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो । बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले […]

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए । उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्व

भारतीय किसान आन्दोलन स्थगित

एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन् । किसानका अनुसार हाललाई आन्दोलन स्थगित गरे पनि एक महिनामा समिक्षा बैठक बस्ने जनाइएको छ । उनका आुसार केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता […]

भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ […]