प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् । बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन । जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् । करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेल