काँकरभिट्टा आगलागी : आफ्नो नगरको दमकल थन्क्यो, अन्य नगरका आइपुग्दा आगो नियन्त्रण बाहिर

झापा – विपदका बेला आफ्नै नगरपालिकाको दमकल काम नलागेपछि झापाको काँकरभिट्टाको जुत्ता कारखानामा जारी आगलागी नियन्त्रणमा समस्या भएको छ। झापाको मेचीनगरस्थित काँकडभिट्टाको एक जुत्ता कारखानामा भीषण आगलागी जारी छ। केहीबेर अघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो। जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल […]

सम्बन्धित सामग्री

इन्धन अभाव भन्दै थन्क्याइए भक्तपुरका दमकल

भक्तपुर : यही जेठ १ गते सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित ‘न्यू दाजुभाइ फर्निचर ट्रेडर्स’सँगैको साढे तीनतले घर र कृपालु फर्निचर कारखानामा आगलागी भयो। आगलागीबाट २ करोड २९ लाख रुपैयाँ बराबरको क्षति भयो।तर जुद्ध वारुणयन्त्र भक्तपुरमा रहेका चार दमकलमध्ये आगो नियन्त्रणका लागि तीनवटा मात्रै प्रयोग गरिए। आगलागीस्थलबाट नजिकैको वारुणयन्त्रमा रहेको दमकल प्रयोग नगरिएपछि काठमाडौं र ललितपुरबाट दमकल ल्याएर आगो नियन्त्रण गरियो।यसअघि भक्तपुरको सल्लाघारीस्थित आइसक्रिम कारखानामा लागेको आगो नि

बंगलादेशकाे बंगबजारमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा दमकल प्रयोग गरिएको जनाइएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको […]

गोठमा आगलागी हुँदा दुई लाखको क्षति

कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी हुँदा गोठभित्र राखिएको काठ र भाँडा वर्तन जलेर नष्ट भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार नजिकै रहेको परालमा लागेको आगो गोठमा सल्किएको हो । गोठ खरले छाएको हुँदा आगो नियन्त्रण गर्न समय लागेको थियो । घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगम

आगलागीबाट एक घर जलेर नस्ट

धनगढी– कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर-०४ मा आगलागी भएको हो ।  परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाउन स्थानीयसहित खटिए सुरक्षाकर्मी

काठमाडौं : बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको जुत्ता कारखानामा आगलागी भएको हो। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको बताइएको छ। दुई वटा दमकलले आगो नियन्त्रण नभएपछि भक्तपुरबाट थप एक दमकल बोलाइएको…

दमकल किन्नमा कसैको चासो छैन

केही दिनअघि मात्रै तनहुँको सदरमुकाम दमौलीमा आगलागी भयो। छिमेकी नगरपालिका शुक्लागण्डकीमा बारुण यन्त्र (दमकल) नै थिएन। आगो नियन्त्रण गर्न दुई वटा दमकल पोखरादेखि पुग्यो। पोखरादेखि ४९ किलोमिटरको दुरीको दमौलीमा पुग्दा आगोले धेरै लपेटिसकेको थियो। सबैको प्रयासले...

ताप्लेजुङ सदरमुकाममा आगलागीबाट एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो । आगलागीबाट एउटा घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागीबाट आसपासका घरहरु जोखिममा परेका छन् । आगो नियन्त्रण गर्न फुङलिङ नगरपालिकाको दमकल तथा स्थानीय र सुरक्षाकर्मी खटिएका छन् […]

नवलपुरमा चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

न्युज अफ नेपाल, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ । उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । आगो नियन्त्रण गर्न प्रहरी, दमकल र कामदारहरुले प्रयास गरिरहेका छन् । आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

रुपन्देहीमा पेट्रोलपम्पमा तेल खन्याउने क्रममा आगलागी

रुपन्देहीको गैडहवा गाउँपालिका– ७ गुलरियास्थित सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा पेट्रोल खन्याउने क्रममा ट्यांकरमा आगलागी भएको छ । समयमै दमकल आएर आगो नियन्त्रण भएकाले ठूलो क्षति भने हुन पाएको छैन...

धनगढीको एक फर्निचर उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

धनगढी :  कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। आलोक मल्टी कन्सर्न प्रालिमा दिउँसो करिव सवा १२ बजेतिर आगलागी भएको हो।आगो अझैं नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रण गर्न दम्कल आइपुगे पनि दम्कलमा पानी नभएको स्थानीय गुनासो गरेका छन्। गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई वटा दमकल मध्ये धनगढीको दमकलमा पानी समेत नभएको स्थानीयले बताए।दमकल फेरि पानी भर्न गएको छ। उक्त फर्निचर उद्योगमा लगभग ५ करोड बराबरको सामान रहेको आलोक मल्टी