नेकपा (एमाले)ले विभिन्न ५६ जिल्लामा जिल्ला कमिटी चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहानसम्म ५६ जिल्लामा नयाँ नेतृत्व चयन गरेको हो । एमालेले मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन गरेको छ ।