१८ वैशाखदेखि तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

१९ चैत, काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । तिब्बतसँग […]

सम्बन्धित सामग्री

सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प

हुम्ला । चीनको स्वसासीत क्षेत्र तिब्बतसँग जोडिएको हुम्ला जिल्लाको एक मात्र व्यापारिक नाका हिल्सा यतिखेर सुनसान भएको छ । यस जिल्लाका व्यपारिकसहित स्थानीयवासी चिसोको कारण उक्त नाकामा बस्न छोडेपछि व्यपार व्यवसाय ठप्प भएको स्थानीय पासाङ तामाङले बताए । हाल उक्त नाकामा बिओपीका जवान नाका प्रहरी चौकीका जवान र घर कुरुवाहरुसहित २२ जना मात्र बसोबास गर्दै […] The post सुनसान हुम्लाको हिल्सा नाका, व्यापार व्यवसाय ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजदेखि हुम्लाको हिल्सा नाका खुला, १८ नेपाली तिब्बत प्रस्थान

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा हुम्लाको हिल्सा नाका आजदेखि दुईतर्फी खुला भएको छ ।  मानिस र कार्गो ओहोरदोहोरका लागि औपचारिक रूपमा सिमानाका खुला भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ...

उत्तरी हिल्सा नाका खुल्यो

नेपाल–चीनको उत्तरी व्यापारिक सीमा क्षेत्र हुम्लाको ‘हिल्सा नाका’ खुलेको छ । कोरोना महामारीका कारण बन्द रहेको हुम्लाको ‘हिल्सा नाका’ तीन वर्षपछि गत सोमबारबाट एकतर्फी खुलेको हो । छिमेकी राष्ट्र चीनले सोमबारदेखि एकतर्फी नाका खोलेपछि आठवटा ट्रकमा सामान आयात गरिएको यारी भन्सारले जानकारी दिएको छ । यारी भन्सार कार्यालयका प्रमुख रामराज जैशीका अनुसार चीनबाट दैनिक उपभोग्य […]

हिल्सा नाका सुचारु गराउन जनप्रतिनिधिहरुको माग

हुम्ला – कोरोनापछि बन्द भएको नेपाल र चीनको सिमाना हिल्सा नाका सञ्चालनमा ल्याउनका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुले माग गरेका छन्। हुम्लावासीको व्यापार व्यवसाय ठप्प रहेको र बेरोजगार युवायुवतीले काम गर्न नपाएको भन्दै नाका सुचारुका लागि सरकारसँग जनप्रतिनिधिहरुले माग गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले कोरोनाको कारण हिल्सा नाका बन्द रहेकोले त्यसलाई सुचारु गर्न सरकारसँग माग […]

तीन वर्षदेखि हुम्लाको हिल्सा नाका बन्द

नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाका तीन वर्षदेखि बन्द छ । कोरोना महामारीका कारण बन्द भएको हिल्सा नाका अहिलेसम्म बन्दै छ । हिल्सा नाका नखुल्दा मानरोवर कैलाश यात्रामाा जाने तीर्थयात्रीले दर्शन जान...

हिल्सा नाका खोल्न हुम्लीको माग, आर्थिक संकटमा व्यवसायी

असोज २४, सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।  कोभिड–१९ को संक्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन् ।  सो नाका बन्द भएपछि त्यस क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको भन्दै सीमानाका खोल्न माग गरेको होटेल व्यवसायीका अध्यक्ष मीमबहादुर लामाले जानकारी दिए ।  आर्थिक संकटमा व्यवसायी यो सीमानाका बन्द हुँदा यहाँका साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटमा परेको अध्यक्ष लामाले बताए । हिल्साबाट चीन आवतजावत गर्ने नाका वा सीमा खोल्नका लागि आवश्यक पहल गरीदिन जिल्ला प्रशासनमार्फत सरकारलाई आग्रह गरेको उनले बताए ।  नाकामा खोलिएका होटेल व्यवसाय ठप्प हुँदा उनीहरुको लगानी संकटमा पुगेका छन् । हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि हुम्लीको व्यापार ठप्प भएको छ । रोजगारी गुम्यो हिल्सा नाका बन्द हुँदा चीनको ताक्लाकोट गएर काम गरेर जीविकोपार्जन गर्दै आएका करीब सात हजार बढी हुम्लीको रोजगारी गुमेको छ । वैशाख महीनाको अन्तिम महीनादेखि हिमपातले रोकिएको नाका खुलेर रोजगारी लागि उत्तरी नाम्खा गाउँपालिकालगायत अन्य पालिकाका नागरिक ताक्ला पुग्थे । तर दुई वर्षयता चीनमा आत्मनिर्भर रहेको नाम्खा गाउँपालिकाका बासिन्दा सीमा बन्द हुँदा बढी समस्यामा परेका हुन् । वैशाखदेखि मंसिर अन्तिमसम्म ताक्लाकोटमा काम गरेर नेपाल फिर्ता हुनेगरे पनि विगत लामो समयदेखि बन्द हुँदा समस्या बनाएको नाम्काका स्थानीय दावा तामाङले बताए । करीब ८ महीना बढी चीनमा काम गरेर हुम्ला फिर्ता हुनेगरे पनि सीमानाका कोरोनाका कारण बन्द हुँदा हुम्लीलाई घरपरिवारको खर्च चलाउन समेत समस्या बनाएको उनले बताए ।  उनले भने,  ‘उत्तरी नाम्खा चीनमा निर्भर छ, उसो त सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका नागरिकसमेत ताक्लाकोट पुगेर राम्रो कमाइ गर्थे । कोरोनाले सीमा बन्द भएपछि चीनले खुलाउन नचाहँदा थप समस्या बनाएको छ ।’ हिल्सा नाका बन्द भएपछि व्यापार–व्यवसाय ठप्प हुनुका साथै दशैंतिहार जस्ता ठूला चार्डपर्वमा सस्तो र सहज उपभोग्य वस्तु उपभोग गर्न नसकिएको उनको भनाइ छ ।  च्याङ्ग्रा नआउँदा खसीको मूल्य आकाशियो दुई वर्षदेखि सीमा बन्द भएर चिनियाँ च्याङ्ग्रा नभित्रिदा हुम्लामा खसीको मूल्य आकाशिएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि नेपाल चीन सीमानाका हिल्सामा आवतजावत पूर्णरुपमा बन्द भएपछि दशैंमा खसीको मूल्यमा वृद्धि भएको हो । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैं महँगो हुनेभएको छ ।  चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले स्थानीय गाउँघरमा भएका खसी किन्नु पर्दा महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ । विगत वर्षमा प्रत्येक वर्षको दशैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैं मनाउने गर्थे भने यो वर्षको दशैं हुम्लीको महँगो हुने भएको हो ।  हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पालगायतका नाकाबाट बन्द हुँदा जिल्लामा खसीको तौल हेरेर रू. १५ हजारदेखि ३० हजारसम्म विक्री हुने गरेको छ ।  चीनबाट आएका च्याङ्ग्राको मूल्य दुई वर्ष अगाडि हुम्लामा रू. १० हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरीद गर्दा रू. ३० हजारसम्म पर्ने गरेको सिमकोट २ का धनबहादुर भण्डारीले बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारीले बताउने गरेका छन् । व्यापारीले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएर विक्री गर्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा खसी मासुको प्रतिकेजी रू.  एक हजार मूल्यमा विक्री हुने गरेको छ ।  विगतका वर्षमा दशैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । तर कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् । रासस

हिल्सा नाका खुलाउन हुम्लाबासीकाे माग

सिमकोट – चीनसँगको हिल्सा नाका खुलाउनका लागि नेपाल सरकारसँग सरोकारवालाले आग्रह गरेका छन्। उत्तरी हुम्लाको चीनसँगको व्यापार व्यवसाय र पर्यटन क्षेत्र मारमा परेको र रोजगारी समेत गुमेको भन्दै नाका खुलाउनका लागि माग गरिएको हो। पर्यटन व्यवसायी विजय लामाले दुई वर्षदेखि हिल्सा नाका बन्द रहेको हुँदा धेरैले रोजगारी गुमाउनु परेको र व्यापार व्यवसाय ठप्प भएकोले सो […]

हिमपातले हिल्सा नाका आवतजावत बन्द

आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसको आवतजावत बन्द भएको छ ।आइतबारबाट परेको बाक्लो हिमपातले नारा लेकमा सडक छोपिएपछि हिल्सा आवतजावत बन्द भएको सीमा सुरक्षामा खटिएका हिल्सा (बिओपी) का इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो । शनिबारसम्म छ हजार ६०० मिटर अग्लो नारा लेकबाट हिल्सा आवताजावत गर्न सकिने भए पनि हिमपातपछि बन्द भएको सी

हिल्सा नाका सात महिनादेखि ठप्प

गत चैतदेखि बन्द भएको हुम्लाको उत्तरी हिल्सा नाका सात महिनासम्ममा पनि खुल्न सकेको छैन । कोभिड– १९ का कारण चीनसँग

हिल्सा नाका दुईतर्फी खुला

चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ । सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।