काठमाडौं : राहदानी विभागले एक वर्षमा ९ लाख ३३ हजार २ सय ९३ वटा विद्युतीय राहदानी जारी गरेको छ। १ मंसिर ०७८ बाट विद्युतीय राहदानी वितरण सुरु गरेको विभागले एक वर्षमा राहदानी विभाग,जिल्ला प्रशासन कार्यालय साथै नियोगमार्फत सो राहदानी वितरण गरेको हो। विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी हुने गरेको छ। जसमा राहदानी विभागबाट ३ लाख ३४ हजार ५ सय ८३, जिल्ल तथा इलाका प्रशासनबाट ५ लाख १६ हजार ८ स