राष्ट्रपतिको हत्या भएपछि हाइटीले माग्यो विदेशी सेना

एजेन्सी। गत बुधबार राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हाइटीले विदेशी राष्ट्रलाई आफ्ना सेना पठाउन अनुरोध गरेको छ। हाइटीले अमेरिका र संयुक्त राष्ट्रसंघ मार्फत विदेशी सेना पठाउन अनुरोध गरेको हो। अमेरिकाले आफ्ना सेना हाइटी नपठाउने बताइसकेको छ। हाइटीले देशमा रहेका प्रमुख पूर्वाधारको रक्षाको लागि विदेशी सेना मागेको हो। अब राष्ट्रसंघले हाइटीमा कुन देशका शान्ति सेना पठाउने भन्ने निर्णय गर्नेछ।

सम्बन्धित सामग्री

माधव नेपालले भने-विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ..

काठमाडौं, ३० जेठ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञास राख्दै परराष्ट्र नीतिको ख्याल गर्न पनि सरकारलाई सुझाव दिए । प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै […]

विदेशी सेना आए अग्रपंक्तिमा बसेर लड्न तयार : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम मात्र भएको र कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताउनुभएको छ । बिहिबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गर्नुभयो । उहाँले जलस्रोतको धनी मुलुक नेपालमा …

युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन । हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई […]

सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ  ।  सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ  । सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग

अफगानिस्तानमा तालिवान विद्रोहीको आतंक नेपाली नागरिक सुरक्षित

अफगानिस्तानमा अमेरिकासहित विदेशी सेना फर्किने क्रम सकिन लागेका वेला तालिवान विद्रोहीहरूले एक सय ५० भन्दा बढी जिल्लामा कब्जा गरेका छन् । सार्क सदस्य मुलुक अफगानिस्तानमा बढ्दो असुरक्षाप्रति चासो राख्दै नयाँदिल्लीस्थित नेपाली...

निर्धारित समयमा नै सबै विदेशी सेना फिर्ता जानुपर्छ : तालिबान

२१ असार, काठमाडौं । तालिबानले आगामी सेप्टेम्बरसम्ममा सबै विदेशी सेना फिर्ता जानुपर्ने बताएको छ । उक्त समयपछि पनि अफगानिस्तानमा बाँकी रहने सेनालाई ‘कब्जा गर्ने’ सेनाको रुपमा मानिने तालिबानले बताएको छ । यसअघि दूतावास र विमानस्थलको सुरक्षाको लागि एक हजार अमेरिकी सेना सेप्टेम्बरपछि पनि अफगानिस्तानमा रहने समाचार आएको थियो । अफगानिस्तानमा २० वर्ष लामो नेटो संगठनको […]

'विदेशी सेना समयसीमाभित्रै बाहिरिनुपर्ने'

करिब एक हजार अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र कूटनीतिक नियोगको रक्षाका लागि रहिरहने समाचार प्रकाशमा आएपछि तालिबानले यस्तो चेतावनी दिएको हो । अफगानिस्तानमा नेटोको २० वर्षे सैन्य अभियान समाप्त हुँदैछ । विदेशी सेना बाहिरिदै छन् । तर अफगानिस्तानमा हिंसाका घटना बढ्दैछ । तालिबानले भूभाग नियन्त्रण गर्ने क्रम जारी राखेको छ । विदेशी सेना बाहिरिदै गर्दा अफगानिस्तानको सुरक्षाकर्मीले सुरक्षाको जिम्मा एक्लै सम्हालेको छ । तर काबुलको भविष्यमाथि अझै शङ्काको घेरामा छ । तालिबानका प्रवक्ता सुहैल शाहीनलाई उद्धृत गर्दै काबुलको सैन्य अखाडा मात्रै नियन्त्रणमा लिनु तालिबानको नीति नरहेको बीबीसीले उल्लेख गरेको छ । दोहा सम्झौताबाट पछाडि हटे तालिबान नेतृत्वले आवश्यक निर्णय लिएर अगाडि बढ्ने उनले बताए ।

सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ : तालिबान

एजेन्सी।तालिबानले सबै विदेशी सैनिकले आगामी सेप्टेमबरसम्मा अफगानिस्तान छाड्नुपर्ने बताएकाे छ।तोकेको समयसीमाभित्र विदेशी सैनिकले अफगानिस्तान नछाडेमा उनीहरूलाई कब्जा गर्नेहरूका रूपमा लिइने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि अमेरिकी फौजसहित १ हजार विदेशी सेना बस्नसक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो।नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएसँगै अफगानिस्तानमा तालिबानको दबदबा बढेको छ।