काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाएका छन्।उनले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए। भेटका क्रममा उनले आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र उनीहरूको गुनासो सुन्नलाई राष्ट्रपतिले शीतलनिवासमा बोलाएको कार्कीले बताए।