जब टिपर घरभित्र पस्यो…

८ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति सवारी चालक आशिष अर्यालले टिपर रोकेका थिए । ग्राभल लिएर आएको टिपर रोकेर उनी बाहिर निस्किएका मात्रै के थिए, एक्कासी टिपर आफैं गुड्यो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो । संयोगवस घरको तल्लो तलामा फेन्सी कपडा […]

सम्बन्धित सामग्री

नयाँ टिपर तथा मिनी टिपर दर्तामा ५० प्रतिशत छुट दिइने

काठमाडौं : बागमती टिपर व्यवसायी संघले नयाँ टिपर तथा मिनी टिपरहरू दर्ता गर्दा छुट दिने निर्णय गरेको छ।बागमती टिपर व्यवसायी संघमा टिपर तथा मिनी टिपरहरू दर्ता गर्न छुट दिइने भएको हो। संघको फागुन २८ गते बसेको बैठकले यसरी दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए। उनका अनुसार संघले  सम्पुर्ण टिपर तथा मिनी ट्रक धनीहरूलाई संघमा दर्ताका लागि आउन आव्हान समेत गरेको छ। उनले अगामी चैत ३० गतेसम्म दर्ता गर्न सकिने जानकारी दिए।दर्तामा छु

टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ।  चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो।कार्यालयले घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार बसेको सरोकारवालाको बैठकबाट टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। बैठकले आज बिहान ५ बजेदेखि यही कात्तिक १३ गते राति ९ बजेसम्म टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

टिपर दुर्घटनामा चालकको मृत्यु

डडेल्धुरा– डडेल्धुरा सदरमुकामनजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा टिपर चालक अजयमेरु–२ का २३ वर्षीय दीपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ। आज अपराह्न अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानीधाराको भिरबाट सुप ००१ क १८७९ नंको टिपर दुर्घटना भएको हो। करिब २०० मिटर तल टिपर खस्दा चालकको मृत्यु भएको हो। जिल्ला सदरमुकामको कीर्तिपुर बजारबाट […]

धनकुटामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

धनकुटा, पुस ३० । धनकुटामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा नम्बर २ नागढुंगास्थित कोशी राजमार्गमा बा प्र ०३ ००१ क ०५४९ नम्बरको टिपर आज बिहान सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिपर चालक प्युठान मान्डवी […]

रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु

बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको  देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर  दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो । टिपर  अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

टिपर दुर्घटनामा, चालकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका चरचरेस्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका बिरकोटका २६ वर्षीय सुदिप गैरे रहेका छन् । दुर्घटनामा चुन ढुङ्गा लोड गरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८२० नम्बरको टिपर सिद्धार्थ राजमार्गमा आज बिहान दुर्घटना भएको हो । टिपर सडकदेखि ३ […]

कर्णाली नदीमा टिपर खस्यो

दैलेख : कर्णाली नदीमा आज राति टिपर खसेको छ। जिल्लाको आठबिस नगरपालिका-४ कोटेसल्ला भन्ने ठाउँमा टिपर दुर्घटना भएको हो। दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार बा५ख २१८३ नम्बरको टिपर कर्णाली नदीमा खसेको हो।  'टिपर कर्णाली नदीको बीचमा खसेको देखिएको छ। कहाँदेखि कहाँ जाँदै थियो भन्नेसम्म खुलिसकेको छैन,' श्रेष्ठले भने। टिपरमा कति जना सवार थिए भन्ने पनि नखुलेको श्रेष्ठले बताए। रातको समय भएकाले उद्धार गर्न नसकिएपछि उद्धार टोली त्यहाँबाट फर्किएको छ।

कर्णाली नदीमा टिपर खस्यो

सुर्खेत । दैलेखको आठबिस नगरपालिकमा टिपर दुर्घना भएको छ ।  आठबिस नगरपालिका भेल्तडी र राकमको बीचमा पर्ने खोटेसल्लामा न.बा.५ ख. २१८३ नम्बरको टिपर कर्णाली नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाडौं : पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासमा टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु भएको छ।सुनवलबाट माथागढी-५ चुनढुंगा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिपर गोठादी सुनवल सडकखण्डमा बुधबार बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटना थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको बताइएको छ।

टिपर सञ्चालन गर्ने निश्चित समय नतोकिँदासम्म सुर्खेतमा टिपर चलाउन नदिइने

सुर्खेत : पछिल्लो समय टिपर आतंक बढेको भन्दै टिपर सञ्चालनमा निश्चित समय नतोकिने बेलासम्मका लागि सुर्खेतमा टिपर सञ्चालनमा बन्दको आह्वान गरिएको छ। दैनिक जसो टिपरले ठक्कर दिई पैदल यात्री र मोटरसाइकलमा सवार यात्रुको ज्यान लिइरहेको भन्दै टिपर पीडित परिवार संघर्ष समितिले अनिश्चितकालका लागि टिपर सञ्चालन बन्द गरिएको घोषणा गरेको छ।…