मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका छ सांसदको असहमति

३ माघ, हेटौंडा । नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् । प्रदेशको कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले बताए । श्रीराम […]

सम्बन्धित सामग्री

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई …

मुख्यमन्त्रीले आज विश्वासको मत लिने

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसके...

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ ।गठबन्धनको सोमबार बसेको बैठकले मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राई विश्वासको मत दिने निर्णय गरेको थियो । सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको बैठक आज १२ : ३० बजेको लागि  डाकेका छन्

समाजवादीमा आएमात्रै आचार्य र शाक्यलाई विश्वासको मत

विराटनगर-नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीमा आए मात्रै प्रदेश–१ र बागमतीका मुख्यमन्त्री भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत दिने बताएकी छन् ।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले प्रदेश १ र बागमतीका मुख्यमन्त्रीले एमाले छाडेर आए विश्वासको मत दिने बताएकी हुन् । प्रदेशका मुख्यमन्त्रीहरू एमालेमै रहेको अवस्थामा एकीकृत समाजवादीले विश्वासको […]

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसदमा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।  मंगलबार...

मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

२५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए । बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको […]