काठमाण्डाै – बङ्गलादेशसँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । आज बुधवार सकिएको दोस्रो टेस्ट एक इनिङ्स र आठ रनले जितेसँगै दुई खेलको शृङ्खला पाकिस्तानले दुई–शून्यले जितेको हो । पहिलाे टेस्ट पाकिस्तानले आठ विकेटले जितेकाे थियाे ।
दोस्रो पारीमा बङ्गलादेशले दुई सय पाँच रनमात्रै बनाउन सकेपछि खेल पाकिस्तानले जितेको हो । बङ्गलादेशका लागि शाकिब अल हसनले ६३, मुशफिकर रहिमले ४८ र लिटन दासले ४५ रन बनाए । बलिङतर्फ पाकिस्तानका साजिद खानले चार विकेट लिँदा शाहीन अफ्रिदी र हसन अलीले एक–एक विकेट लिए । ...