कांग्रेस उपसभापति बिमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । कांग्रेस महाविधेशनबाट पनि नेतृत्व पुस्तान्तरण हुनुपर्ने भन्दै सभापतिमा दाबी गरिरहेका निधिले लिङ्देनले राप्रपाको नेतृत्वमा लिएसँगै अब नेतृत्व हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको बताएका छन् ।