प्रधानमन्त्री कप क्रिकेट आजदेखि: उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लर नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । आजै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच खेल हुनेछ । एकदिवसिय फर्म्याटमा हुने प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको छ । कात्तिक […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : यस्तो छ आर्मीको टिम

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले विनोद भण्डारीको कप्तानी टोली घोषणा गरेको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित केही खेलाडीले टोली छाडेपछि आर्मीको टिम फेरिएको छ । रोहित अर्को विभागीय टोली एपीएफ गएका छन् भने विकेटकिपर अर्जुन साउद नेपाल पुलिस क्लबमा पुगेका छन् । सुशन भारी […]

प्रधानमन्त्री कप क्रिकेट: फाइनलमा एपीएफ विजयी

भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेटाउँदै च्याम्पियन बनेको हो । पाँचौँ विकेटका लागि आएका भुवन कार्कीले एपिएफलाई जिताउन सम्हालिएको प्रदर्शन गरे । ८२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले

प्रधानमन्त्री कप क्रिकेट : आर्मीलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

काठमाण्डाै – प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्बलले जितेको  छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।  त्रिभुवन आर्मीले दिएको एक सय ८० रनको लक्ष्य एपीएफले ३८ ओभर तीन बलमा ६ विकेट गुमाएर भेटायो । एपीएफको जितमा भुवन कार्कीले ५५, सुमित महर्जनले ३४, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७, शरद भेषावकरले १६, आशिफ शेखले १४ र लोकेश बमले ८ रन बनाए । बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले २ विकेट लिए । य...

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

पीएम कप क्रिकेट : आर्मीले उचाल्यो उपाधि

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जितेको हो । आर्मीले पहिलोपटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रनमा अलआउट भयो ।

प्रधानमन्त्री कप क्रिकेट : उपाधि उचाल्ने आर्मी र एपीएफको दाबी

शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन्

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन्

प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनलमा पुलिस र एपीएफ भिड्ने

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदील अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो । एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यस अघि टस हारेर ...