काठमाडौं । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारले जबरजस्ती एमसीसी सम्झौता संसद्मा पेस गरेको बताएका छन् ।
आइतबार साँझ एक विज्ञप्तिमार्फत नेता महराले राष्ट्रिय सहमति नगरी र सत्तारूढ दलभित्रै एकरूपता नहुँदानहुँदै जबरजस्ती संसद्मा एमसीसी पेस भएकोप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताएका हुन् ।
"सत्तारूढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रूपमा संसद्मा पेस नगर्न आग्रह गर्दा...