छोटकरीमा आज - २०७७ श्रावण २२, बिहीबार

आज नेपालमा कोरोना संक्रमण र त्यसको प्रभाव, मुलुकव्यापीरुपमा तत्काल लकडाउन नहुने, जसपामा 'एक पद-एक व्यक्ति'को नीति, कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपी बटालालाई सफाइ,फेसबुक र ट्विटरद्वारा ट्रम्प दण्डित, भारतमा कोरोना अस्पतालमा आगलागी लगायतका विषयवस्तुलाई स्थान दिइएको छ।

बिहीबार ३६० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१,७५० पुगेको छ भने मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

हालसम्म नेपालमा १५,३८९ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR परिक्षण : ४,१९,५७५ => क्वारेन्टाइनमा : ९,४७०

सम्बन्धित :

  • आज नेपालमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ। काठमाडौं उपत्यकामा बिहीवार थप ८७ जना, र्साका ४२ जना, कपिलवस्तुका ३२ जनामा, धनुषाका २४ जनामा र कैलालीका २१ जनामा सङ्क्रमण पुष्टि भएको हो।
  • सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेका छन्। यस्तै, अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने तर जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने समेत बताएका छन्।
  • निर्णय कार्यान्वयन गराउन बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित भएका छन्निर्णय कार्यान्वयन गराउन बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित भए पनि पूर्णरुपमा कार्यन्वयन भएको नदेखिएको बताइएको छ। 
  • विराटनगरकी ९० वर्षकी महिला कोरोना संक्रमण निको भएर घर फर्केकी छन्। बुधबार वृद्धासहित प्रदेश १ बाट ५७ जना डिस्चार्ज भएका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ। अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
  • कपिलवस्तुमा कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेपछि स्थानीय प्रशासनले १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्लामा बिहीबार साँझसम्म ८ सय ४० जना संक्रमित भेटिएका छन्। जसमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन्।
  • पुर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको पछिल्लो रिपोर्ट अनुसार ४३ संक्रमित देखिएका ४३ जनामध्ये एकजना नेता चौरसिया समेत रहेका छन्। 
  • संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ। सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो।

साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योग पहिचान, वर्गीकरण, पुनर्उत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने गरी दिपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार जानकारी दिएका छन्।

उनका अनुसार बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्त गर्ने, बेरुजु फर्छ्यौट मूल्यांकन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलाललाई दुई वर्षको लागि मनोनयन गर्ने लगायत १८ वटा निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए।

सम्बन्धित :

  • प्रदेश नम्बर १ का सांसद रामकुमार राई ‘पासाङ’ले विवादका कारण लामो समयसम्म प्रदेशको नामाकरणमा हुन नसकेको बताएका छन्। ऐतिहासिक पहिचान, किराती सभ्याता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्दा कसैलाई अन्यथा नहुने सांसद राईले बताए ।  

राजपा र समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी नेपालले एक पद–एक व्यक्तिको नीति अंगीकार गर्ने भएको छ।

बुधबारदेखि शरु जसपा पहिलो कार्यकारणी समितिको बैठकमा पेस हुन थालेको समायोजनसम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव अगाडि सारिएको छ।


सर्वोच्च अदालतले कोटेश्‍वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवित’ लाई प्रत्यक्ष हत्यामा संलग्न नभएको भनी सफाइ दिएको छ।

उनी श्रेष्ठलाई काठमाडौंदेखि चितवनसम्म अपहरण गर्ने काममा प्रत्यक्ष संलग्न थिए।


राष्ट्रिय सभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ। 

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।


भारतको अहमदावादस्थित कोभिड अस्पतालमा आगलगाी हुँदा सीसीयूमा रहेका ८ जनाको मृत्यु भएको छ।

सर्ट सर्किटका कारण एक कर्मचारीको पीपीई किटले आगो टिप्दा सिंगो अस्पतालमा नै आगो फैलिएको हो ।


फेसबुक र ट्‍विटरले अमेरकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको अभियानलाई दण्डित गरेको छ। 

राष्ट्रपति ट्रम्पले 'बच्चाहरूमा कोरोना भाइरसविरुद्धको रोग प्रतिरोधी क्षमता हुने' दाबी गरेका थिए, उक्त भिडियो सामग्री फेसबुकले डिलिट गरिदिएको हो 


लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या एक सय ३५ पुगेको छ । 

करिब दुई हजार सात सय ५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । 


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक