छोटकरीमा यस हप्ता : श्रावण २४ गतेदेखि श्रावण ३१ गतेसम्म (अन्तर्राष्ट्रियतर्फ)

यस हप्ताभित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।

कोरोना सम्बन्धित :

गत शनिबारसम्म १,९५,३२,५३२ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार २,१४,१२,६४३ पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ७,२३,१८४ जनाको मृत्यु भएकोमा यस शनिबार ७,६४,४७० पुगेको छ।

हालसम्म विश्वभर १,४१,९८,०८९ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्। 


कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ। सोमबार दिउँसाे मुखर्जी आफैंले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।  
  • भारतीय उर्दू कवि राहत इंदौरीको ७० वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि श्री अउरोविन्दो अस्पताल भर्ना गरिएका इंदौरीलाई मंगलवार दुईपटक हृदयघात भएको र अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।
  • कोरोनाभाइरसमाथि विजय पाएको १०२ दिनपछि न्यूजील्याण्डमा फेरि कोरोनाभाइरसको संक्रमण देखापरेको छ।मुलुककै सबैभन्दा ठूलो शहरमध्येका एक अउकल्याण्डमा आजै मंगलबार एउटै परिवारका चारजनामा कोरोनाभाइरसको संक्रमण फेला परेको हो। बुधबारदेखि लागू हुने गरी न्यूजील्याण्डमा कोरोनाभाइरस नियन्त्रणको तेस्रोतहको प्रावधान लागू गरिएको छ।
  • मंगलबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन्।रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिन पुटिनकै छोरीमा समेत प्रयोग गरिएको बताइएको छ।
  • गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई बुधबार कोरोना संक्रमण देखिएको छ। यूपीका मुख्यमन्त्री आदित्यनाथ योगीले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
  • कोरोना महामारीका कारण पछिल्लो चार महिनादेखि बन्द रहेका मेक्सिको सिटीका चलचित्र हलहरु पुनःसञ्‍चालनमा आउन थालेका छन्। चलचित्र घरहरु सञ्‍चालनमा आएसँगै कोरोनाको कहरकाबीच पनि केही चलचित्र प्रेमीहरु हलमै गएर चलचित्र हेर्न थालेका छन्। 
  • विश्व स्वास्थ्य संगठन, डब्लूएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण फेला नपरेकाले यससबारे डराउनु नपर्ने बताएको छ। तर त्यसलाई लिन या पुर्याउन जाँदा भने सजकता अपनाउनुपर्नेछ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भ्याक्सिनविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन्। शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन् ।


लेबनान विस्फोट :

लेबनानको राजधानी बेरुतमा भयानक विस्फाेटन भएको पाँच दिनपछि विश्वका नेताहरूले लेबनानको सहयोगका लागि बैठक गरेका छन्। संयुक्त राष्ट्र संघ र फ्रान्सको संयुक्त पहलमा इन्टरनेटमार्फत भर्चुअल बैठक गरिएको हो।

सम्बन्धित :

  • बेरुतमा गत मंगलबार राति भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या २०० पुगेको छ भने घाइते भएकाहरूको संख्या ५ हजार नाघेको छ। उक्त विस्फोटपटि सहर खण्डर बनेको छ। विस्फोटमा सरकारको कमजोरी मुख्य कारक भएको बताउँदै जनताहरु आन्दोलित भइरहेका छन्।
  • संयुक्त राष्ट्रिय नियोगहरुले लेबनानमा मानवीय संकट आउने बताएका छन्। राष्ट्रिय संघीय नियोगले तत्काल खाद्यान्‍न र स्वास्थ्य सामग्री उपलब्ध गराइनुपर्ने बताएका छन्। 
  • अन्तर्राष्ट्रिय दाताहरुले लेबनानका लागि २९७ मिलियन अमेरिकी डलरको सहयोग प्रतिबद्धता व्यक्त गरेका छन्। विस्फोटलगत्तै लेबनान पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले उक्त सहयोग सम्मेलनको आयोजना गरेका हुन्। उक्त सहयोग रकम सीधै लेबनानी जनतालाई उपलब्ध गराइने जनाइको छ।

कोरोना विरुद्ध संसारको पहिलो खोप :

  • मंगलबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन्। रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिन पुटिनकै छोरीमा समेत प्रयोग गरिएको बताइएको छ।
  • विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ।
  • फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा रुसले सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरेका छन्। उनले रुसले आफूहरुलाई नि:शुल्क रुपमा खोप आपूर्ति गर्ने विश्वास पनि व्यक्त गरेका छन्। 
  • बिहिबार रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई "बिल्कुलै आधारहीन" भनेको छ। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाले यो खोपलाई लिएर सतर्क रहन अनुरोध छन्।
  • शुक्रबार जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्फाहनले आगामी महिनाहरुमा कोरोना भाइरसको खोप उपलब्ध हुनेमा आशावादी रहेको बताएका छन्। 
  • शनिबार कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेका हुन्।


यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • सोमबार बेलारुसमा निर्वाचनको सर्वेक्षणले राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्‍को पुन: निर्वाचित हुने प्रक्षेपण गरेपछि राजधानी मिन्स्क र अन्य विभिन्‍न सहरमा प्रदर्शनकारी र दंगा प्रहरीबीच झडप भएको छ। बेलारुसको एक सरकारी टेलिभिजनले सन् १९९४ देखि राष्ट्रपति पदमा रहेका लुकाशेन्को पुन: निर्वाचित हुने प्रक्षेपण गरेपछि प्रदर्शनकारीहरु सडकमा उत्रिदा हालसम्म एक प्रदर्शनकारीको मृत्यु भएको र १२० पक्राउ परेको जनाइएको छ।
  • मंगलबार चिनियाँ विदेश मन्त्रालयले विवादित सीमा क्षेत्रहरुमा शान्ति कायम गरेर भारतसँग रणनीतिक विश्वास कायम गर्नु चीनको कूटनीतिक प्राथमिकता भएको बताएको छ। विदेश मन्त्रालयले आगामी दिनमा चीनले छिमेकी मुलुकहरुका साथ ‘साझा हित’ विस्तार गर्ने प्रयास गर्ने पनि जनाएको छ।
  • बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८०.२३ प्रतिशत मत ल्याएर विजयी भएका छन्। ६५ वर्षीय लुकासेन्को सन् १९९४ देखि सत्तामा छन्। उनी छैटौंपटक बेलारुसको राष्ट्रपति पदमा विजयी भएका हुन् । सन् २०१५ मा भएको चुनावमा लुकासेन्कोले ८३.५ प्रतिशत मत ल्याएका थिए।
  • अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन्। उनी उपराष्ट्रपतिका लागि निर्वाचन लड्ने पहिलो अश्वेत महिला हुनेछिन्।
  • चर्चित लोकतन्त्रवादी प्रकाशक जिम्मी लाई पक्राउको विरोधमा हङकङवासीले मंगलबार प्रदर्शन गरेका छन् । हङकङको सबैभन्दा ठूलो एप्पल डेली समाचारपत्रका प्रकाशक जिम्मीलाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा सोमबार पक्राउ गरिएको थियो । उनको पक्राउसँगै एप्पल डेलीको बिक्री ४ गुणाले बढेको छ।
  • अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अक्षम नेता भएको र अमेरिकालाई 'धुजाधुजा' बनाएको आरोप लगाएका छन्। बाइडेनले कोरोना भाइरस महामारी नियन्त्रणका लागि ट्रम्पले गरेको कमजोर प्रयासको पनि आलोचना गरेका छन्। 
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरेल र संयुक्त अरब एमिरेट्स (यूएई) सम्बन्ध सामान्य बनाउने एउटा सम्झौतामा पुगेका छन्। योसँगै इजरेल उसले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भागमा त्यसलाई विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ।

सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक