छोटकरीमा : आज - २०७७ कार्तिक १२, बुधबार

आज तातोपानी नाका पुन: सञ्‍चालनमा, यस वर्ष धान उत्पादन गत वर्षकै हाराहारी, अबदेखि कोरोना प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै, देहारादूनको गुम्बा स्कुलमा ५१ विद्यार्थी कुटिए, फ्रान्सेली सामानको बहिष्कार मागको समर्थनमा बंगलादेशमा प्रदर्शन लागायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

बुधबार १,९५४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,६२,३५४ पुगेको छ भने मृत्यु हुनेको संख्या ८८७ पुगेको छ। हालसम्म नेपालमा १,२१,८०४ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ८,२४८ => Recovered Today: २,९८१

सम्बन्धित :

  • देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेका छन् । आजसम्म देशभर २ हजार ८८९ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्‍चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्‍चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।


रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गत आर्थिक वर्षमा १४ लाख ५८ हजार हेक्टरमा धान खेती गरिएको थियो। यो वर्ष ४८ हजार हेक्टर बढी जमिनमा धान खेती गरिएको केसीले बताए।


चाडबाडको समयमा मानिसको आवतजावतमा भएको वृद्धिसँगै गाउँमा कोरोना संक्रमण पनि बढ्दै गएको छ ।

पछिल्लो एक साताको मात्रै तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्यामा वृद्धि बढेको छ । कोरोना चेक गर्नका लागि स्वाब दिएकामध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।  


कोरोना महामारीका कारण लामो समयदेखि बन्द पशुपतिनाथको मन्दिर सुनसान भएको छ । लामो समयदेखि पशुपतिनाथको मन्दिर बन्द हुँदा मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएकाहरु विचल्लीमा परेका छन् ।

मन्दिर क्षेत्रका थोरै पसल खुला भएका छन् भने धेरैजसो पसलहरु व्यापार नहुँदा बन्द भएका छन् ।


स्थायी कमिटी बैठकयता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमितजसो बालुवाटार धाउँथे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा घण्टौँ कुराकानी हुन्थ्यो । र, पनि कुनै निकास निस्कँदैनथ्यो ।

प्रधानमन्त्री ओली भेट्न दिनहुँ बालुवाटार धाइरहेको देखेर कतिपयले अध्यक्ष प्रचण्डलाई ‘तारेख धाएको’ टिप्पणी पनि गरे । तर, अहिले ओली–प्रचण्डको भेटमा ‘ब्रेक’ लागेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने भएको छ। अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ।


अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्।

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।


नेपालमा कोरोनामुक्त हुनेको दर ७५ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख २१ हजार आठ सय २४ जना कोरोनामुक्त भएका छन् ।


चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल मनोरञ्जन क्षेत्र खुलाउने विषयमा बोर्डले पहल गरिरहेको बताउँछन् । केही समयअघि निर्माता संघ, कलाकार संघ, विकास बोर्डले हल खुलाउनेबारे सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । तर, निर्णय आइसकेको छैन । तर, कोरोना पर्वाह नगरी निर्माता–निर्देशक आफ्ना चलचित्र सुटिङ गर्न कस्सिएका छन्।


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड– १९ महामारीको बढ्दो प्रकोपका कारण स्थगित भएको छ ।


 वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।


 तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।


अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना महामारीका कारण गरिएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य भएको छ । 

यो लकडाउन अन्य ठाउँमा लगाइएकोभन्दा लामो भएको अधिकारीहरूले बताएका छन् । 


भारत देहरादूनस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङ स्कूलबाट घर फर्किन खोज्ने ५१ नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट भएकाे छ। कुटपिटमा परेकामध्ये ४२ जना घाइते भएका छन्। 

अभिभावकले घाइते विद्यार्थीलाई सकुशल स्वदेश फिर्ता गराइदिन सरकारसँग माग गरेका छन्।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता मुकेश चौरसियाको हत्याले पर्सा आतंकित छ ।

पतिको वियाेगमा शोकमग्न सुनिता चौरसिया न्यायका लागि हारगुहार गर्दैछिन् । तर त्यसकाे कुनै सुनुवाइ छैन ।


बंगलादेशमा दशौँ हजार मुलसमान फ्रान्सेली सामानको बहिष्कारको समर्थनमा सडकमा उत्रेका छन्। 

फ्रान्सको शार्ली शाब्दो पत्रिकाले मुसलमान धर्मका प्रवर्द्धक मोहम्मद पैगम्बरको कार्टुन छापेको विषयलाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले समर्थन गरेपछि मुलसमान बहुल राष्ट्रले त्यसको विरोध गरेका हुन्। 


भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ । पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक