५ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार उम्मेदवारलाई टिकट बाँड्यो । जसको पहिलो नम्बरमा थिए, विश्वराज पोखरेल ।
टिकट पाएसँगै पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने पक्का भएको छ । …
काठमाडौँ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका छन्। रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामापत्र बुझाएका छन्।
५ माघ, काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधि सभा चुनावमा कैलाली–१ बाट रामलाल डगौरा थारुलाई उम्मेदवार बनाउने भएको छ ।
थारु टीकापुर नगरपालिकाका मेयर हुन् । २०७९ को स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थारुलाई …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरको रूपमा करिब चार वर्ष कार्यकाल बिताउँदा पनि जनताका धेरै गम्भीर समस्या समाधान गर्न नसकेको स्वीकार गरेका छन्। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी घोषणा सभालाई मैथिली भाषामा सम्बोधन गर्दै बालेनले माइतीघर मण्डलामा निरन्तर चलेका उखु किसान, मिटरब्याज पीडितलगायतका आन्दोलनमा प्रत्यक्ष सहयोग गर्न नसक्दा आफू […]
काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नागरिक र प्रहरीबीचको सौहार्दपूर्ण तथा सहकार्यपूर्ण सम्बन्ध बिना प्रभावकारी मुलुकमा शान्ति–सुरक्षा कायम गर्न सम्भव नहुने उहाँको भनाइ छ । उहाँले विश्वका विकसित मुलुकहरुमा समेत […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँगको पहिलो भेटपछि आफूमा देश परिवर्तन हुन्छ भन्ने दृढ विश्वास पैदा भएको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित चुनावी घोषणासभालाई सम्बोधन गर्दै लामिछानेले बालेनसँगको छोटो भेटमै सहकार्य सम्भव हुने स्पष्ट भएको उल्लेख गरे। उनका अनुसार पहिलो भेट केही मिनेटमै निष्कर्षमा पुगेको थियो भने बाँकी […]