छोटकरीमा : यस हप्ता - मंसिर ०७ देखि मंसिर १४ गतेसम्म (राष्ट्रिय)

यो हप्ता समग्रमा कस्तो रह्यो ? यहाँ नेकपा किचलोले निम्ताएको ओली सरकारको भविष्य, चामल अनियमतिता प्रकरण, भारतीय विदेश सचिव र्षवर्द्धन हश्रृंगलाको नेपाल भ्रमण र राजनीतिक परिवेश, महोत्तरी बालिका हत्या प्रकरण, चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमण, देशभर बढ्दो चिसो एवं हप्ताभरको सम्पूर्ण गतिविधिहरू समावेश गरिएको छ।

यहाँ नेकपा किचलोले निम्ताएको ओली सरकारको भविष्य, चामल अनियमतिता प्रकरण, भारतीय विदेश सचिव र्षवर्द्धन हश्रृंगलाको नेपाल भ्रमण र राजनीतिक परिवेश, महोत्तरी बालिका हत्या प्रकरण, ट्रान्सपरेन्सी इन्टरनेसनलको एसियाली प्रतिवेदनले निम्ताएको हलचल, चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमण लगायतका घटनाक्रमहरूलाई समावेश गरिएको छ ।


'ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,' कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे ।


 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक २९ गते १९ वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनी पाँच दिनकी सुत्केरी थिइन् । कात्तिक २७ गते उच्च रक्तस्रावका कारण दिपायल सिलगढी नगरपालिका–४ की ३० वर्षीय डम्बरीदेवी साहु कठायतले पनि ज्यान गुमाइन् ।


पूर्वीनाका काँकडभिट्टामा लागुऔषध कारोबारीको सक्रियता बढेको छ । नाकाबन्दीका बाबजुद कारोबारीले सीमावर्ती भारतीय बजारबाट लागुऔषध दैनिकजसो भित्र्याउने गरेका छन् । 

अनेक बहानामा नाकासम्म पुगेर लागुऔषध ल्याउने गरेको तथ्य बाहिर आएको छ । 


कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ। विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिनेबित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि भनिएको छ। 


बैतडीमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरकाे जिप आज दिउँसो १:४० मा बुढ्ढानजिकै दुर्घटना भएकाे हाे । 


बिबिसीले सन् २०२० मा विश्वभरका सयजना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालकी १८ वर्षीया सपना रोका मगर समेत समावेश छिन, उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।


नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् ।

आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको 'आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड' ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।


माध्यमिक तहसम्मको परीक्षा सञ्चालनका लागि गठन भएको राष्ट्रिय परीक्षा बोर्डमा दुई परीक्षा नियन्त्रण कार्यालय सञ्चालनमा छन् । एकै प्रकृतिका काम गर्ने दुवै कार्यालयमा कर्मचारीको सुविधा भने फरक छ ।

०७३ मा शिक्षा ऐन, २०२८ आठौँ संशोधनमार्फत कक्षा–९ देखि १२ लाई ‘माध्यमिक तह’ परिभाषित गरिएको छ । र, ‘माध्यमिक शिक्षा परीक्षा’ (एसइई) र ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ (एसएलसिई) सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरिएको छ ।


सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को ट्रायल कहिलेबाट खुला गर्ने अनिश्चित बनेको छ । कोरोना संक्रमणका कारण चैतदेखि रोकिएको ट्रायल खुलाउन यातायात व्यवस्था विभागले कुनै ठोस निर्णय लिन सकेको छैन ।


प्रजातन्त्रका सेनानी घोइरो कामीका नामले परिचित दलबहादुर कामीको ८८ वर्षमा निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारमा बस्दै आएका उनको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको हो । उनी विगत दुई वर्षदेखि दम र मुटुको समस्याबाट पीडित थिए । 


राजधानीका ९१ सामुदायिक विद्यालयमा नेपाल भाषा (नेवार) पठनपाठन हुने भएको छ । चालु वर्षको शैक्षिक सत्र सकिने बेलामा काठमाडौं महानगरपालिकाले यसको तयारी गरेको हो । शिक्षक नियुक्ति तथा तालिमको व्यवस्था प्रक्रियामा छ ।


ट्राफिक कार्यालयमा अनियमितता गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले दुई प्रहरी उपरीक्षक (एसपी)माथि कारबाही अघि बढाएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो ।


ओलम्पियन दीपक विष्टलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तेक्‍वान्दोका कीर्तिमानी खेलाडी विष्टले बिहीबार फेसबुकमार्फत आफूलाई कोरोना देखिएको बताएका छन् ।


गुल्मीकाे इस्मा गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । 

सदरमुकाम तम्घासका लागि छुटेको लु.१ज ११६६ नम्बरको जिप इस्मा– ४ अन्तर्गत हुलनजिकै दुर्घटना भएको थियो । पाँचजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


कोरोना महामारी लम्बिएसँगै महिलाहरुमा परिवार नियोजनका साधनको पहुँचमा कमी, अनिइच्छुक गर्भधारण, लैंगिक हिंसाका घटना बढेको पाइएको छ । विशेषगरी लकडाउनका समयमा नजिकको स्वास्थ्य संस्थामा सेवा बन्द हुनु र खुले पनि महिला तथा किशोरीहरुका लागि सिमित स्वास्थ्य सेवा हुनु, कोरोना भाइरस सर्ने डरले स्वास्थ्य संस्था नपुग्नुले पनि यी समस्याहरु निम्तिएको अध्ययनहरुले देखाएका छन् । 


 जाडो बढ्दै गएपछि नरहरिनाथ–८, लालुका नमराज विष्ट बुधबार वस्तुभाउ र लालाबालासहित औंल (खुलालु) झरे । लेकाली बस्तीमा लगाइएका मकै, आलु कुर्न र वस्तुभाउ चराउन जेठमा माथि उक्लिएका उनी भदौमा पहिलो साता ठाटीकोटको घर झरेका थिए । अहिले भने घरमा खेतीपातीको काम सकेर उनी परिवारसहित जाडो छल्ल खुलालु झरेका हुन् ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

दावाको शरीरबाट झन्डै १ किलो बराबरको हेरोइनका ९३ वटा क्याप्सुल निकालियो

दावा लामा तामाङ ९ सय ग्राम हेरोइन शरीरमा बोकेर फेरि दुबई हुँदै नेपाल आइपुगे। अप्रिल ८ मा उनी त्रिभुवन विमानस्थल ओर्लिए। तर, विमानस्थल ओर्लिने बित्तिकै पक्राउ परे। पहिले सामान्य एक्सरेमा हेर्दा उनको शरीरमा हेरोइन देखिएन। पछि सिटी स्क्यान गरेपछि पेटभित्र लागू औषधको क्याप्सुल देखिएको हो।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक