नभाल्नीले ‘ब्ल्याक सी’ को किनारमा अवस्थित भव्य दरबार राष्ट्रपति पुटिनको भएको भन्दै भिडियो सार्वजनिक गरेसँगै उनको समर्थनमा र रुसी सरकारको विरोध प्रदर्शन जारी छ।
हिरासतमा रहेका नभाल्नीको मुद्दा उछालिरहँदा उनले एक भिडियो सार्वजनिक गरे। जहाँ उनले पुटिन प्यालेसको जिकिर गरेका छन् । जर्मनीबाट फर्किएका नभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरिएक दुई दिनपछि गत साता उक्त भिडिओ सार्वजनिक भएको हो।
जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्त (Parole) हरू उल्लङ्घन गरेको विपक्षी नेता नाभाल्नीलाई ३० दिनका लागि थुनामा राखिएको छ। नेता एलेक्सी नाभाल्नीलाई रिहाईको माग गर्दै प्रदर्शन गरिएको हो।
दुई हप्ता पहिले जर्मनीबाट फर्किएका नाभाल्नीलाई रुस आइपुग्नासाथ हिरासतमा लिइएको थियो।
उक्त भिडियोले सो दरबारको मूल्य एक अर्ब पाउन्ड रहेको उल्लेख गर्दै त्यसका लागि ‘इतिहासकै सबैभन्दा ठूलो घुस’ दिइएको आरोप लगाएको छ। क्रेम्लिनले उक्त सम्पत्ति राष्ट्रपति पुटिनको भएको अस्वीकार गरेको छ।
नाभाल्नीको रिपोर्टले सहर गेलेजिकमा निर्माण गरिएको उक्त संरचनाका लागि पुटिनको भित्रिया समूहका सदस्यहरूले अवैध धन उपलब्ध गराएको दाबी गरिएको छ। उक्त समूहमा तेल प्रमुख तथा अर्बपतिहरू भएको विश्वास समेत गरिएको छ।
उक्त परिसरमा रहेका विभिन्न संरचनाहरूको व्याख्या गर्दै भिडिओमा त्यहाँ जुवाघर, भूमिगत आइस हकी खेल्ने कम्प्लेक्स र अङ्गुरको बगैँचा रहेको उल्लेख गरिएको छ। त्यहाँको तारबार पार गर्न नसकिने किसिमको रहेको भन्दै त्यहाँ अलग्गै सुरक्षा, गिर्जाघर, प्रवेश प्रणाली, उडान गर्न नमिल्ने व्यवस्था र सीमा जाँचबिन्दु रहेको नभाल्नीले भिडिओमा बताएका छन्।