नेपाली सेनाले बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने

काठमाडौं।नेपाली सेनाले देशका चार स्थानमा बख्तरबन्द गाडीहरुको ‘रोड ड्राइभिङ्ग’ अभ्यास गर्ने भएको छ।काठमाडौं,सुनसरी र कैलालीमा सैन्य अभ्यास गरिने सेनाले जनाएको छ।नेपाली सेनाका सकल दर्जाहरुको सवारी चलाउने क्षमता अभिवृद्धि गर्न रोड ड्राइभिङ अभ्यास गर्न लागिएको हो।स्थानीय प्रशासन र नेपाल प्रहरीसँगको समन्वयमा सैन्य अभ्यास गरिने नेपाली सेनाले बताएको छ।काठमाडौंमा भदौमा, सुनसरीमा साउनमा र कैलालीमा साउन र भदौ महिनामा उक्त अभ्यास गर्नेछन्।

सम्बन्धित सामग्री

नेपाली र अमेरिकी सेनाबीच छाउनीमा संयुक्त अभ्यास सुरु

काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीच आजबाट नेपालमा संयुक्त सैन्य अभ्यास सुरु भएको छ। संयुक्त सैन्य अभ्यासको नाम ‘एक्स–टेक नेल २३–३०११’ दिइएको छ। सैन्य अभ्यास छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सुरु भएको नेपाली सेनाले जनाएको छ। संयुक्त सैन्य अभ्यासमा ४५ जना नेपाली सेना र १९ जना अमेरिकी सेना सहभागी रहेका छन्। सैन्य अभ्यास फेब्रुअरी ३, २०२३सम्म चल्ने छ।

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजबाट

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजबाट सुरु हुने भएको छ । 'एक्स व्यालेन्स नेल २२-५५३०'  नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको 'एक्स व्यालेन्स नेल २२-५५३०'  विगत सरह नै यस वर्ष उनन्चालीसौं संस्करण हुन लागेको सेनाले जनाएको छ ।  रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय म

नेपाली सेना र अमेरिकी सेनाले १ महिनासम्म संयुक्त सैन्य अभ्यास गर्ने

काठमाण्डाै – नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट...

नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने भएको छ । दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेको हो । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र […]

नेपाली सेना र अमेरिकी सेनाले मंगलबारदेखि एकमहिने संयुक्त अभ्यास गर्दै

नेपाली सेनाले अमेरिकी सेनासँग एकमहिने संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यही साउन ३१ देखि भदौ ३१सम्म दुई देशका सेनाको संयुक्त अभ्यास हुने भएको हो ।

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् । उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच भारतमा संयुक्त सैन्य अभ्यास भइरहेको छ । नेपाली सेनाले सैन्य अभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेको छ । भारतको पिथौरागढमा जारी सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाले स्थल युद्धका विभिन्न रणनीतिबारे अभ्यास गरेका छन् । अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, […]

आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्तो : नेपाली सेना के भन्छ ?

काठमाडौं । नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रूपमा लिन सकिने स्पष्ट पारेको छ । पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्तोका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा कार्यक्रममा सहभागी...