एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले एक आवासीय घरमा क्षति पुर्याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फताह फैजले शनिबार यसबारे जानकारी दिएका हुन् । प्रवक्ता अनुसार, प्राकृतिक विपत्ति प्रान्तीय राजधानी महामूद–ए–राकीको बाहिरी क्षेत्र शुखी गाउँमा घटेको हो। घटनास्थलमा उद्धारकर्मीहरूले तत्काल उद्धार […]
मुगु । हिमाली जिल्ला मुगुको एक गाउँमा मतदान केन्द्र तोकिएपनि मतदाता छैनन् । जाडो छल्न बेंशी झरेपछि कार्मारोङ गाउँपालिकाको मुगु गाउँमा मतदान केन्द्रमा मतदाता भेट्न मुस्किल देखिन्छ । गाउँ नै खाली भएका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गाउको मतदान केन्द्रमा कसले मतदान गर्ने भन्ने अन्योल देखिएको छ । मतदान केन्द्र रहेको मुगु […]
पर्वत– जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण तीव्रगतिमा भइरहेको छ । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी– गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेवल पुल निर्माण भइरहेको छ । तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक […]