छोटकरीमा : नेपालमा सिमसार क्षेत्रको अवस्था

आज ‘सिमसार र पानी’ नाराका साथ सिमसार दिवस संसारभर मनाइयो। रामसारको सूचीमा सूचिकृत नेपालका १० वटा सिमसार क्षेत्रले नेपालको झण्ढै पाँच प्रतिशत भू–भाग ओगटेको छ। तर सिमसार क्षेत्रले बढ्दो प्रदुषण, बढ्दो अतिक्रमण झेलिरहेको छ, यस सम्बन्धमा सरकार कत्तिको जिम्मेवार छ ?

सिमसार क्षेत्र भन्नाले बग्ने नदी खोला, तालतलैयालगायत पानी र जमिनले ओगटेको क्षेत्रलाई चिन्छौँ । ठूला–ठूला नदीहरूदेखि लिएर स–साना खोला, खोल्सा, तालतलैया, धान रोप्ने खेतहरूलाई पनि सिमसारका रूपमा मान्छौँ ।


विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९(रामसार महासन्धि १९७१) १९७१ फेब्रुअरी २ मा इरानको रामसार शहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो । 


पालमा नदी, कुण्डा, ताल, जलाशय, धाप, धानखेतलगायतका सिमसार छन् । ताजा र नुनिलो पानी पाइने सिमसार क्षेत्रमध्ये नेपालमा ताजा पानीको सिमसार क्षेत्र पाइन्छ । 


डेढ दशकअघिको अध्ययन अनुसार नेपालमा साना ठूला गरी तीन हजार ९०० सिमसार क्षेत्र छन् । त्यसमध्ये १० वटा सिमसार विश्व रामसार सूचीमा सूचीकृत भएका छन् ।

संविधानले सुरक्षित र सफा वातावरणलाई मौलिक अधिकारका रूपमा उल्लेख गरेको छ, यद्दपी सरकार यसतर्फ उदासिन देखिन्छ।


सिमसार नासिंदा जैविक विविधताको घर पनि नष्ट हुन्छ र वातावरणमा खलल पुग्छ । त्यसको प्रत्यक्ष असर मानव जीवनमा पर्दछ ।


नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित छन् । 

त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति पनि सिमसारमा आश्रित छन् । 


वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अधिक्रमण हुने तथा नासिदै गएकाले ती क्षेत्रको संरक्षमा सबैले लाग्नु पर्ने बताए। सिमसार तथा चुरे क्षेत्रको संरक्षणका लागि मन्त्रालयले थप बजेटको समेत व्यवस्थापन गर्ने तयारी गरेको जानकारी उनले दिए ।


नेपालले पनि सिमसार क्षेत्रको महत्व आत्मसाथ गर्दै बिसं २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई बिसं २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो ।


सम्बन्धित सामग्री

चीनसँगको ‘बेल्ट एन्ड रोड’ सम्झौता अस्ट्रेलियाद्वारा रद्द

अस्ट्रेलियाले चीनसँगको महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित दुई वटा सम्झौता रद्द गरेको छ । यता, अस्ट्रेलियाको निर्णय सार्वजनिक हुनुपूर्व नै चीनले आपत्ति प्रकट गरेको थियो ।

छोटकरी सम्पादक

पशुपति दर्शनमा रोक

कोरोना भाइरस फैलिन नदिन पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ ।

छोटकरी सम्पादक

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए, कारण खोज्दै अधिकारीहरू

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ ।

छोटकरी सम्पादक

स्वास्थ्य मन्त्रालयले भन्यो- अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ । हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताइएको छ।

छोटकरी सम्पादक

भारतमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइने

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान थप तीव्र बनाउने भएको छ । जसअनुसार सरकारले सोमबार १८ वर्षमाथिका सबैलाई खोप लगाउने निर्णय गरेको हो ।

छोटकरी सम्पादक