लालपुर्जा छ, जग्गा छैन

हरियो फर्कंदै गरेको कमलामाई नगरपालिका–९, बतासेका किसान ठाकुरदास श्रेष्ठको घरमुनिको खेत रातभरिको बाढीले बगरमा परिणत गरिदियो । साउन २२ गते राति कमला नदीमा आएको बाढीले उहाँको झन्डै १६ कट्ठा धानखेत बगर बनाएको हो । “रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुमवासी बनायो । सपना जस्तै लागेको छ,” उहाँले भन्नुभयो । साउन २२ गते राति परेको पानीका कारण कमला नदीमा आएको बाढीले उहाँ जस्तै धेरैको खेत कटान गरी बगर बनेको हो ।

सम्बन्धित सामग्री

तीस वर्षपछि मासपुरवासीले पाए लालपुर्जा

सिमकोट – दुर्गमको बस्ती मासपुरका स्थानीय बासिन्दाले आफ्नो जग्गाको लालपुर्जा पाएका छन्। जग्गा नापजाँच भएको तीस वर्षपछि मासपुरवासीले लालपुर्जा पाएका हुन्। दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–३ को मासपुर गाउँकी वीरकला बुढाले आफ्नो जग्गा नापी भएको तीस वर्षपछि लालपुर्जा पाएको बताइन्। यसअघि एक जनाले मात्र लालपुर्जा पाएकोमा अहिले भने गाउँका २४ घरधुरी सबैले लालपुर्जा प्राप्त गरेका हुन्। […]

मासपुरवासीले अझै पाएनन् लालपुर्जा

सिमकोट – ताँजाकोट गाउँपालिका– ३ को मासपुर गाउँका स्थानीयले अझै लालपुर्जा पाउन नसकेको पाइएको छ। ०५४ सालमा जग्गा नापी गरे पनि उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा परेको छैन। मासपुरका स्थानीयले जग्गा नापी भएको २५ वर्षसम्म आफ्नो हातमा लालपुर्जा प्राप्त गर्न सकेका छैनन्। उपभोग गरिरहे पनि आफ्नो कुनै प्रमाण नभएका कारण जग्गा आफ्नो भए पनि कानुनी […]

‘लालपुर्जा’ सधैँको चुनावी मुद्दा

अधिकांश नेताले उनलाई लालपुर्जा(जग्गा धनी पुर्जा) दिने आश्वासन दिन्छन्। यो आश्वासन उनको लागि नयाँ होइन। २०५६ सालअघि देखि नै उनले उम्मेद्वारबाट यही सुन्दै आएका छन्। तर, उनी लालपुर्जा पाउनेमा भने आशावादी छैनन्।...

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

पर्वत – पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन्। जलजला गाउँपालिका-४ लामाखेतका उनीहरू बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन्। उनीहरू सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्। सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन […]

बर्दिवासका भूमिहिनले पाउने भए लालपुर्जा

वर्षौंदेखि लालपुर्जा नभएका भूमिहिनले आफ्नै नाममा दर्ता रहेको जग्गाको लालपुर्जा पाउने भएका छन्। राष्ट्रिय भूमि आयोगले जग्गा नभएकाहरुलाई लालपुर्जासहितको जग्गा दिने अन्तिम तयारी गरेको छ। राष्ट्रिय भूमि आयोग महोत्तरी जिल्ला समितिका...

किर्ते लालपुर्जा बनाई अर्काको जग्गा बेच्ने पक्राउ

काभ्रे : काभ्रेमा अर्काको नाममा रहेको जग्गाको किर्ते लालपुर्जा बनाई आफ्नै भनी नक्कली विक्री गरी १ करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाई बिक्री गरेको आरोपमा साविक धादिङको जीवनपुर गाविस–५ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–९ बस्ने ३७ वर्षीय रविप्रसाद रेग्मी लगायतलाई पक्राउ गरेको हो।प्रहरीले जग्गा खरिद गर्नेमध्ये चारजनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालय

लालपुर्जा छ,जग्गा छैन, बगरको कर तिर्छन् स्थानीय

म्याग्दी :  बेनी नगरपालिका-२ बगरफाँटका केही स्थानीयको जग्गाधनी प्रमाणपत्र पुर्जा (लालपुर्जा) भए पनि उपभोग गर्ने जग्गा नहुँदा मर्कामा परेका छन्।म्याग्दी नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका- २ बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएपछि हातमा लालपुर्जा भएपनि उनीहरूसँग कमाइखाने जग्गा नभएको हो। २०५७ सालदेखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गा उपभोग गर्न नपाए पनि स्थानीयले अझैसम्म पनि कर भने तिर्दै आएका छन्।बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहि

कीर्तिपुर स्वबासीमा घर जग्गाको जग्गा धनी लालपुर्जा वितरण

सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तीमा स्वबासीलाई जग्गा धनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ ।२०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो । नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी तथा गरिबी […]

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा स् अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ। सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा