एमाले महाधिवेशनः ५ हजार गाडी ‘रिजर्भ’, ११ ठाउँमा पार्किङ

नेकपा एमालेको १० औँ महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनमा ५ लाख मानिस उतार्ने दाबी गरेको एमालेले सबैभन्दा बढी बागमती प्रदेशबाटै कार्यकर्ता उतार्ने भएको छ । ५ हजार गाडी ‘रिजर्भ’ एमाले महाधिवेशनका लागि ५ हजार गाडी रिजर्भका लागि बुकिङ भईसकेको ‘रिपोर्टिङ’ महाधिवेशन व्यवस्थापन समितिमा पुगेको छ । एमाले चितवन जिल्ला कमिटीका अनुसार सबैतिरबाट नेता कार्यकर्ता आउन ६ हजार बढी गाडीहरु आवश्यक देखिएपनि ५ हजार मात्रै बुकिङ भएको जानकारी आएको छ । बाँकी गाडीको व्यवस्थापन गर्ने भन्दापनि हवाई यात्राले त्यसको पुर्ति गर्ने दाबी एमालेको छ । एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलका अनुसार बागमती प्रदेशबाट मात्रै ३ लाख कार्यकर्ता सहभागी हुनेछन् । प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार र गण्डकी प्रदेशबाट ५० हजार कार्यकर्ता सहभागी हुने आँकलन गरिएको छ । प्रदेश १ बाट ३० हजार तथा कर्णाली र सुदूरपश्चिमबाट भने सम्भव भएसम्म स्वतःस्फुर्त रुपमा मानिसहरु आउने देखिएको एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेकी महाधिवेशन व्यवस्थापन समितिकी सदस्य दिलकुमारी रावल ‘पार्वती’ ।११ ठाउँमा पार्किङ एमालेले महाधिवेशन उद्घाटनस्थल नजिकै ११ ठाउँमा गाडी पार्किङको व्यवस्था गरेको छ । बुटवल तिरबाट आउने सवारीका लागि नारायणी नतर्दै गैँडाकोटको भृकुटी कागज कारखानामा पार्किङको व्यवस्था मिलाईएको छ । पूर्वी नाकाबाट प्रवेश गर्नेलाई भरतपुर बसपार्कमा यात्रु ओलार्ने र टिकौली जंगलको चौरमा पार्किङको प्रवन्ध गरिएको छ । काठमाडौं, पोखरा क्षेत्रबाट मुग्लिङ हुँदै चितवन छिर्ने गाडी आँपटारीमै रोकिनेछन् । गाडी कहाँ पार्किङ गर्ने, र्याली कताबाट निक्लिने भन्ने जानकारी एमालेले पार्टीको एप्सबाट सबैलाई म्यासेज जाने व्यवस्था मिलाएको छ । चितवन प्रशासनले शुक्रबार नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र मुख्य सहरी क्षेत्रमा गाडी चलाउन रोक लगाउनेछ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पैदल यात्रा मात्रै गर्न पाईनेछ ।

सम्बन्धित सामग्री

न्युरोडको पार्किङ धरहरामा (तस्बिरहरु)

काठमाडौं- काठमाडौं महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको सुविधा सुरु गरेको छ । न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरेपछि महानगरपालिकाले सवारी चालकहरूलाई सहज पार्किङ उपलब्ध गराउनका लागि धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिएको हो । यससँगै धरहरामा पार्किङका लागि सवारी आउने क्रमसँगै चहलपहल पनि बढेको छ । सडकमा जथाभावी पार्किङ नहुँदा न्युरोड […]

भोलिदेखि धरहराको पार्किङ खुल्ने

१३ माघ, काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गर्न लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  काठमाडौं टावर (साबिक पुरानो बसपार्क) […]

ललितपुरमा समानान्तर पार्किङ सुरु

ललितपुर महानगरपालिकाले पार्किङ व्यवस्थित गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ । शनिबारदेखि लागू हुने गरी जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा यो नियम लागू गरिएको हो । यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले...

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कामपा प्रहरी प्रमुख […]

सडकका सबै पार्किङ खाली गराइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो । कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ । कामपा प्रहरी प्रमुख […]

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जामसमेत हुने भएकाले अबदेखि नयाँ बसपार्कबाट मात

पार्किङ व्यवस्थापनका चुनौती र समाधानका उपाय

पार्किङ चुनौती पहिलो अटोमोबाइलको आविष्कारसँगै सुरु भयो । तर, जनसंख्या विस्तार र सहरीकरणको प्रक्रिया अगाडि बढ्दै जाँदा यो झन्–झन् बढ्दै गयो । यी पार्किङ चुनौतीहरू समाधान गर्न थप आविष्कारहरू भएका छन् । आधारभूत अवधारणाले पार्किङ चुनौती पैदा गर्छ । सहरी क्षेत्र र सहरहरूमा पार्किङ माग र पार्किङ आपूर्तिबीचको अन्तर हो । यी मुद्दाहरूमा गहिरिएर हेर्दा […]

इन्द्रचोकको पार्किङ हटाउँदै महानगर

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्द्रचोकको पार्किङ हटाउन सुरु गरेको छ । इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन मंगलबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्थलगत अनुगमन गर्दै निर्देशन दिएपछि बुधबारदेखि पार्किङ हटाउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ । वसन्तपुर चोकदेखि इन्द्रचोक क्षेत्र र असन गल्ली, मखन गल्लीतर्फ सबैतिरबाट गाडी आउने भएकोले अव्यवस्थित बनेकोले जात्रा सञ्चालन […]

पार्किङ: चुनौती र समाधान

काठमाडौं । पार्किङ चुनौती पहिलो अटोमोबाइलको आविष्कारसँगै सुरु भयो तर जनसंख्या विस्तार र सहरीकरणको प्रक्रिया अगाडि बढ्दै जाँदा यो झन् झन् बढ्दै गयो। यी पार्किङ चुनौती समाधान गर्न थप आविष्कार भएका छन्। आधारभूत अवधारणाले पार्किङ चुनौती पैदा गर्छ। सहरी क्षेत्र र सहरहरूमा यो पार्किङ माग र पार्किङ आपूर्तिबीचको अन्तर हो। यी मुद्दामा गहिरिएर हेर्दा यी […]