वासिङ्टन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अहिले नै निर्वाचन गरिनु उपयुक्त नहुने बताएका छन्। उनका अनुसार देशमा स्थायित्व नआएसम्म चुनावको प्रक्रिया अघि बढाउनु ‘अपरिपक्व’ निर्णय हुनेछ। एनबिसी टेलिभिजनको कार्यक्रम मिट द प्रेस मा बोल्दै रुबियोले राष्ट्रपति निकोलस मदुरो पदच्युत भइसकेको र उनीमाथि अनुसन्धान भइरहेको दाबी गरे। हाल भेनेजुएलामा प्रभावकारी सरकार नरहेको अवस्थामा निर्वाचनबारे छलफल गर्नु […]
अन्य व्यावसायिक तथा उत्पादनमूलक क्षेत्रमा कर्जाको माग सुस्त देखिए पनि ‘होमलोन’ अर्थात् व्यक्तिगत आवास कर्जामा बैंक तथा वित्तीय संस्थाहरूको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहित ५४ संस्थाले व्यक्तिगत आवास शीर्षकमा प्रवाह गरेको कर्जा बढेर पाँच खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक […]
यस कार्यक्रमअन्तर्गत उज्वेकिस्तानमा ६ वर्षे एमबीबीएस अध्ययनका लागि २ जना नेपाली विद्यार्थीलाई एनआरएनएले पूर्ण छात्रवृत्ति प्रदान गर्नेछ। छात्रवृत्तिका लागि लिइएको छनोट परीक्षा चिकित्सा शिक्षा आयोगको पाठ्यक्रममा आधारित रहेको छ।
गत भदौमा भएको युवा (जेन–जी) आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ। आयोगका अधिकारीहरू ओली निवासमै पुगेर बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्। प्रवक्ता शर्माका अनुसार ओलीलाई आइतवार नै आयोगको तर्फबाट पत्र पठाइएको थियो। “उहाँले आजै आफ्नो स्टेटमेन्ट दिनुभएको हो,” शर्माले बताए। […]