प्रचण्ड-नेपालको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त, व्यवस्थापनको लागि ट्राफिक प्रमुख नै सडकमा

काठमाडौं– प्रचण्ड–माधव नेपाल समूहको नेकपाले गरेको शक्ति प्रदर्शनले गर्दा उपत्यकामा भएको सवारी व्यवस्थापनको लागि ट्राफिक प्रमुख नै सडकमा उत्रिएका छन् ।  ‘आज म सडकमै सवारी व्यवस्थापनमा उत्रेको छु,’ एसएसपी जनक भट्टराईले लोकान्तरसँग भने,‘उपत्यकामा आन्दोलनले गर्दा सवारी व्यवस्थापनमा समस्या छ ।’ आज (शुक्रवार) नेकपाले गरेको विरोध जुलुसका कारणले उपत्यकाका सबै जसो सडकहरुमा ट्राफिक जाम भएको छ ।  बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रहरुका आन्दोलनकारीहरू...

सम्बन्धित सामग्री

इन्द्रजात्राका कारण आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन निषेध

इन्द्रजात्राको अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । यसैगरी भोलि असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर …

इन्द्रजात्राको अवधिमा विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौं- येँन्या (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, […]

मंसिर–४ मतदानको दिन यसरी हुँदैछ सवारी आवागमन व्यवस्थापन

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ […]

यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन

काठमाडौँ – निर्वाचन आयोगले संसदीय निर्वाचनको मतदान अर्थात ४ मंसिरमा सवारीसाधन सहजीकरण गरेको छ। सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ। त्यसका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ। उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले मतदानको […]

आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित

२९ भदौ, काठमाडौं । आज पनि काठमाडौं उपत्यकाका भित्री सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी […]

बुटवल-पाल्पा सडक खण्डमा सवारी आवागमन बन्द

बुटवल-पाल्पा सडक खण्डमा मोटरबाटो भासिँदा सवारी आवागमन बन्द भएको । पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोला क्षेत्रमा सडक भासिएको हो ।दुई दिनसम्म परेको अविरल वर्षाको कारण करिब ४० मिटर सडक भासिएको हो । बिहीबार दिउँसो ३ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । भासिएको सडक क्षेत्रमा अहिले केही सानो बाटो बनाई हलुका सवारीसाधन जिप, कार, मोटरसाइकललाई आवतजावत गराइएको भए पनि ठूला सवारी रोकिएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदीपमणि निरौलाले जानकारी दिए ।पानी नपरेमा शुक्रबार दिउँसोसम

पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ । अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।  हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

दक्षिणढोका–साँखु सडक अवरुद्ध, सवारी आवागमन प्रभावित

काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभाव

चितवन क्षेत्रका सडकमा अझै सहज भएन सवारी आवागमन

नेकपा एमालेको महाधिवेशनका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन क्षेत्रका सडकमा सहजै सवारी आवागमन हुन सकेको छैन। महाधिवेशनको भीडभाडले मंसीर १० गतेदेखि नै चितवनस्थित पूर्व–पश्चिम राजमार्ग अस्तव्यस्त छ। सडक नजिक कार्यक्रम आयोजना...

भीमफेदी–कुलेखानी सडकमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन ३ दिन दैनिक ४ घण्टा बन्द हुने भएको छ । प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन कात्तिक १३ गतेदेखि तीन दिन दैनिक ४ घण्टाका लागि बन्द गर्ने जनाएको हो ।मोतिदान/रायमाझी जेभी काठमाडौंले सो सडक खण्डको विस्तार तथा स्तरोन्नती कार्य गरिरहेको थियो । भीमफेदी–देउराली–कुलेखानी सडकखण्ड अन्त