वैशाख १२, काठमाडौ । राहदानी विभागले सार्वजनिक बिदाको दिन अर्थात् आइतवार पनि राहदानी विभाग खुल्ने बताएको छ ।
सर्वसाधारणलाई सहज रुपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि यहि जेठ १५ गते आइतवारदेखि प्रत्येक हप्ताको आइतवार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जानकारी दिएको छ ।
राहदानी विभागमा सेवाग्राहीको चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल सेवा उपलब्ध गराउन यस्तो नीति ल्याएको विभागको भनाइ छ ।
राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने बताएको छ ।