अमेरिका-चीन युद्धको खतरा

एजेन्सी, १८ साउन । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग खेल्न तयार भएको सन्देश दिदै पेलोसीले ताइवान टेकिन् । गएराति ताइवान पुग्दा उनको भव्य स्वागत भएको थियो । ताइवानकी राष्ट्रपति साइ इंगवेनसँग भेटवार्ता गरी अमेरिकाको […]

सम्बन्धित सामग्री

युद्धको त्रासबीच सुखद् खबर– तत्काललाई टरेको हो आणविक हतियार प्रयोगको खतरा ?

नयाँ शीतयुद्ध शुरू भएको तथा महाशक्ति प्रतिस्पर्धाको युग आरम्भ भएको भाष्य निर्माण भइरहेको खतरनाक समयमा एउटा सुखद खबर सार्वजनिक भएको छ ।  सोमवार (३ जनवरी २०२१) आणविक शक्तिसम्पन्न पाँच मुलुकहरू अमेरिका, चीन, रुस, बेलायत र फ्रान्सले संयुक्त विज्ञप्ति प्रकाशन गरेर आणविक हतियारको विस्तारलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य मुलुकहरूको यस दुर्लभ संयुक्त विज्ञप्तिमा आणविक हतियार कुनै पनि विकल्पका रूपमा पटक्कै नरहेको स्पष्ट पारिएको छ ।  विज्ञप्तिमा लेखिएको छ, ‘आणव...

आणविक हतियारमा खर्बौं लगानी

आणविक हतियार त्रासको बिगबिगीमा पौने ८ अर्ब मानव असंख्य जीव जन्तु, पक्षी बाँच्नु परेको आजको बाध्यतालाई निराकरण गर्ने अभिलाषा सबैमा छ । मानव, प्रकृति, यहाँको अथाहा समृद्धि र सुन्दरतालाई बचाउन घातक बमहरू उन्मूलन गर्ने र अरू नबनाउने प्रण शासकहरूले गरून् भन्ने सबैतिरबाट कामना छ । यो सबैलाई भूmटो साबित गर्दै उत्तर कोरियाले यो सेम्टेम्बर महनामा मात्र ३ क्षेप्यास्त्र परीक्षण गरेको छ । विश्वयुद्धको अन्तिम चरणमा अमेरिकाले जापानमा आणविक हतियार प्रयोग गरेर २ शहरलाई ध्वस्त बनाएपछि यो लेख लेख्दासम्म अन्यत्र आणविक हतियारको प्रयोग भएको छैन । यसरी हेर्दा हेनरी ट्रमेन नै आणविक हतियार प्रयोग गर्न आदेश दिने आजसम्मको अन्तिम र शुरूको व्यक्ति हुन् । आणविक युगको शुरुआत अमेरिकाले नै गरेको हो । यसमा रुजवेल्टको बढी हात छ । आणविक कार्यक्रमको शुरुआत २१ अक्टोबर १९३९ मा अमेरिकाबाट भएको हो । १९४० देखि ९ अक्टोबर १९९६ सम्म अमेरिकाले ९.६१ ट्रिलियन डलर (आजको मूल्यमा ) खर्च गरेको थियो । यहाँ दोष अमेरिकालाई मात्र छैन । १९४५ बाट यता १९९६ सम्म अमेरिकाले ७०,००० हजार खतरनाक हतियार बनायो, सोही अवधिमा रूसले ५५,०००, १९४९ बाट यता फ्रान्सले ११४०, १९६० पछि आजसम्म बेलायतले ८३५, चीनले ६०० यस्ता हतियार बनाएको खबर विभिन्न पत्रपत्रिकामा छ । यो पनि केबल बाहिर देखाइएको मात्र आँकडा हो कुनै देशको सेनासँग हतियार कति छ भन्ने वास्तविक आँकडा पक्कै गोप्य राखिन्छ । माथि उल्लेख गरिएका सबै आणविक हतियार नभएर अन्य युद्धपोत र रकेटहरूको संख्या हो । २०२१ को वल्र्ड पपुलेशन रिभ्युका अनुसार वास्तविक खतरनाक आणविक हतियार बनाउने देशको संख्या ९ छ र एशियामा मात्र ४ देश रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार आणविक हतियारको संख्यामा रूस, संख्यात्मक रूपमा माथि रहेको छ । यो रिभ्युका अनुसार अहिले रूससँग ६ हजार ३७५, अमेरिकासँग ५ हजार ८००, चीनसँग ३२०, फ्रान्ससँग २९०, बेलायतमा २१५, पाकिस्तानसँग १६०, भारतमा १३५, इजरायलमा ९० र उत्तर कोरियासँग ३० देखि ४० ओटा न्यूक्लियर वारहेड रहेका छन् । दक्षिण कोरियाले पनि केही यस्तै हतियार बनाएको छ तर यसको आधिकारिक सूचना बाहिर आएको छैन । आणविक हतियारको त्रासका रूपमा उत्तर कोरियाले ज्यादै ठूलो बिगबिगी मच्चाएको छ । जापान र दक्षिण कोरिया, किम जोन उनको प्रत्यक्ष खतरामा रहेका छन् । अहिले नौओटा देशसँग यस्ता हतियार रहनुले विश्वलाई त्राहिमाम् बनाएको छ । करेत भन्ने एउटा सर्प हुन्छ त्यसले नजिस्क्याएसम्म टोक्दै टोक्दैन, तर जानेर त्यो सर्पसँग खेल्ने कुरै भएन । कुनै कारणवश उसलाई डरको आभास भयो भने टोकी हाल्छ त्यसपछि मान्छे बाच्ने सम्भावना १ प्रतिशतको हाराहारीमात्र रहन्छ । त्यसैले तराईका मानिसहरू जहिले पनि करेत साँपको त्रासमा बाँचिरहेका छन् । कमोबेश आणविक हतियारसम्म ९ देशहरू विश्वका लागि करेत साँप हुन् । उनीहरूले सीधै नहान्लान् तर विश्ववासीमा डर त रहिर≈यो । त्यसैले २६ सेप्टेम्बरलाई २०१३ मा परमाणु हतियार पूर्ण उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरिएको हो । आणविक हतियार विश्वबाट निर्मूल पार्नुपर्छ भन्ने कुराको परिकल्पना १९४५ पछि पलप्रतिपल मानव समुदायले गरिरहेको छ । यसले केवल सैन्य शत्रुलाई मात्र आक्रमण नगरी आम सर्वसाधारण, बालबालिका र गर्भमा रहेका भ्रूणलाई समेत नष्ट पारिदिने भएकाले यो ज्यादै खतरनाक छ । अन्य हतियारले जहाँ र जसलाई ताक्यो त्यसलाई मात्र मार्ने भएकाले समग्र जगत्लाई खतरा नहुन सक्छ तर आणविक हतियारले सम्पूर्ण मानव बस्ती र सभ्यतालाई भष्मीभूत गर्न सक्ने भएकाले यसलाई निर्मूल पार्ने प्रयास हिरोसिमा र नागासाकि काण्डबाट नै भएको छ । आणविक निर्मूल पार्नु संयुक्त राष्ट्रसंघको सबैभन्दा प्राचीन लक्ष्य हो । १९४६ एटोमिक ऊर्जा कमिशनको स्थापना यही उद्देश्यले गरिएको थियो, जसलाई १९५२ मा बन्द गरेर अन्य विभिन्न तरीकाबाट आणविक हतियार प्रयोग, परीक्षण र निर्माणमा रोक लगाउने अनेक प्रयास भइरहेको छ । २९ मेको दिन अन्तरराष्टिय आणविक परीक्षण बन्द दिवस मनाइन्छ भने २६ सेप्टेम्बरका दिन आणविक हतियार निमूर्लीकरण दिवसका रूपमा मनाउन यूएनले डिसेम्बर २०१३ मा प्रस्ताव नम्बर ६८। ३२ पारित गरेको हो । प्रयास अनेक भए तापनि अनेक ट्रिलियन डलर खर्च गरेर बनाएका यस्ता हतियार आणविक शक्ति सम्पन्न राष्ट्रले नष्ट गरेर विश्वलाई त्रासरहित भएर बाँच्ने अवसर देलान् त भन्ने संशय आम जनमानसमा छ । आजको भोलि सम्भव नभए पनि यस्ता हतियार निर्मूलीकरण गराउन विश्वको बौद्धिक वर्ग सदैव सचेत हुनुपर्छ । कुनै पनि आणविक हतियारको विरोध गर्नु मानवताप्रति प्रेम गर्ने सम्पूर्ण जनसमुदायको दृष्टिकोणयुक्त मूल्य मान्यता र दर्शन हो । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले ‘विश्व एउटा विशाल परिवार हो, यसको रक्षाका लागि आणविक हतियारको त्रासको बादल गगनमा धेरै लामो समय मडारिन दिनु हुँदै’  भनेका छन् । यसैगरी हामी सबैले विश्वको कुनाकाप्चाबाट यस हतियारका विरुद्ध आवाज उठाउने हो भने रूस अमेरिका, चीन, फ्रान्स बेलायतले पक्कै यस विषयलाई आत्मसात गर्ने छन् । अनेक प्रयासबाट, विश्वका १ अर्ब नाबालकहरूबाट सामूहिक प्रार्थना गराएर भए पनि आणविक हतियार पूर्ण निमूृल पार्नु आजको आवश्कता हो । त्यसैले यो सुन्दर विश्वलाई युगांै युग बचाउने प्रयास गर्नबाट कोही एकपाइला पनि पछि नहटौं । हाम्रो संसार हामीले नष्ट गर्ने हतियार बनाएर के नै पुरूषार्थ होला र । प्रत्येक शक्तिशाली सबैका सन्तति छन्, सबैले सुन्दर वशंज वृद्धिको कामना गरिरहेकै हुन्छन् भने यस्ता हतियार किन त ? यो सबै राष्ट्रले बुझ्न जरुरी छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ : अध्ययन

एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ ।सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ । मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् ।अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गर

आफ्नै नीतिबाट पछि हटे ट्रम्प, हुवावेबाट सुरक्षा खतरा नरहेको टिप्पणी

सोल । अमेरिका र चीनले व्यापार वार्ता पुनः थाल्ने बताएका छन् । अमेरिका–चीन व्यापार युद्धका कारण विश्वव्यापी आर्थिक शिथिलता पैदा...